२५ हजार घुससहित वडाअध्यक्ष मियाँ पक्राउ

hatkadi-pakrau
लाेकपाटी न्यूज

काठमाडौं, १७ वैशाख । सप्तरीको सुरूङ्गा नगरपालिका ५ का वडाअध्यक्ष सिल्टु मियाँ पक्राउ परेका छन्। वडाअध्यक्ष मियाँ घुससहित पक्राउ परेका हुन्।

जग्गा मोही छुटाउन सिफारिस गर्न सेवाग्राहीसँग २५ हजार घुस लिएको अवस्थामा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयले पक्राउ गरेको हो।

उनलाई आफ्नै वडाको एक काठ मिलबाट पक्राउ गरेको अख्तियारले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्