संखुवासभा, १७ वैशाख। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बालुवाटार जग्गा प्रकरणमा कांग्रेसकै नेता दोषी भए पनि कारबाही हुनुपर्ने बताएका छन्।
प्रेस युनियन संखुवासभाले मंगलबार आयोजना गरेको पत्रकार भेटघाटमा उनलाई बालुवाटारको सरकारी जग्गा कब्जा र खरिदबिक्री प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवासमेत मुछिएको प्रसंगबारे प्रश्न सोधिएको थियो। त्यसको जवाफमा सिंहले भने, ‘कांग्रेसका नेता होउन् या अरु कुनै पार्टीका होउन्, यसको निष्पक्ष तवरले छानविन गरेर कानुन बमोजिम दण्ड सजायँ दिनुपर्छ।’
उनले कांग्रेसले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाएको दावीसमेत गरे।अर्को एक फरक प्रसंगमा उनले सरकार संविधानको भावना र मर्मविपरित अगाडि बढिरहेको आरोप लगाए। ‘
सरकारसँग दुई तिहाई बहुमत छ, संविधान केही होइन, कानुन केही होइन, भनेर रवैया देखाइरहेको छ,’ उनले भने। उनले सरकार संघीयता कार्यान्वयनमा असफल भएको दाबीसमेत गरे। सरकारले आफ्नो असक्षमता ढाकछोप गर्न प्रेसमाथि सेन्सरसिप लगाउन खोजेकोे बताए।



लाेकपाटी न्यूज

