पोखरा, वैशाख। एनसेलले कर नतिरेको भन्दै अखिल क्रान्तिकारी प्रदेश नं.–४ ले पोखरास्थित एनसेल सेन्टरमा ‘एनसेल कर कहिले तिर्ने’ ? भनेर लेखिएको बोर्ड टाँसेको छ।
सर्वोच्च अदालतले तत्काल कर नतिर्न आदेश दिएसँगै पछिल्ला दिनहरुमा जनदवाब बढ्दै गइरहेको बेला सरकारकै भातृ संगठन अखिल क्रान्तीकारीले संकेतिक विरोधस्वरुप कर कहिले तिर्ने भनेर प्रश्न गर्दै होडिङ बोर्ड राखेको हो।
एनसेल कार्यालयसँगै जोडेर खवरदारी बोर्ड टाँसेपछि बोल्दै अखिल क्रान्तिकारीका केन्द्रीय सचिव एवं गण्डकी प्रदेशका संयोजक क्षितिज सापकोटाले एनसेलले कर नतिरेकाले दवावस्वरुप क्षेत्रीय कार्यालयमा खवरदारी गर्न बोर्ड टाँसेको बताए।
सामाजिक सञ्जालमा ब्यापक विरोध भइरहे पनि सबै सेवाग्राही सामाजिक सञ्जालमा नजोडिएकाले सबैलाई जानकारीका लागि बोर्ड राखिएको बताउँदै उनले जोसुकैले पनि संविधान र कानूनको दायरामा रहेर ब्यवसाय गर्न पाउने हुँदा एनसेलले पनि कुनै बहानावाजी नगरी कर तिर्न आह्वान गरे।
नेता सापकोटाले आफूहरु बिस्तारै एनसेलको नजिक आएको बताउँदै एनसेलको भित्रै छिर्ने अवस्था आए पछुताउनुबाहेक कुनै बिकल्प नरहने र एनसेललाई नेपालबाटै बहिस्कार गर्ने चेतावनी दिए। अखिल क्रान्तीकारीले यसअघि नै एनसेल सिम बहिस्कारको घोषणा गरिसकेको छ।



लाेकपाटी न्यूज

