‘माग सम्बोधन नभए सरकारबाट बाहिरिन्छौं’

Rajendra shrestha
लाेकपाटी न्यूज

काठमाडौ, १६ वैशाख । संघीय समाजवादी फोरमका सांसद राजेन्द्रप्रसाद श्रेष्ठले संविधान संशोधनको माग सम्बोधन नभए पार्टी सरकारबाट बाहिरिने चेतावनी दिएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै श्रेष्ठले सरकारमा सामेल हुँदा संविधान संशोधनसम्बन्धि दुई बुँदे सहमति गरेको स्मरण गराउँदै त्यसबारे १ बर्षसम्म कुनै कदम नचालिएकोमा आक्रोश व्यक्त गरे। उनले संविधान संसोधनको एजेण्डा सम्बोधन नभए नेकपासँगको सहकार्य टुट्ने चेतावनी दिए ।

उनले भने, ‘यदि संविधान संशोधनको कुरालाई बेवास्ता गरिन्छ र त्यसलाई अगाडि बढाउन सरकार तत्पर हुँदैन भने हामी आन्दोलनको मैदानबाट संसद र संसदबाट सरकारमा हाम्रा एजेण्डाहरुलाई पुर्याउने हिसाबले गएको हो । यदि त्यो कुरा हुँदैन भने वर्तमान नेपाल कम्युनिष्ट पार्टीसँगको सहकार्य टुट्न पनि सक्छ । यो कुरालाई सरकारको नेतृत्व गर्ने पार्टीले समयमै ध्यान देओस् ।’