नवलपरासी, १६ वैशाख। पूर्वी नवलपरासीको कावासोतीमा १६ वर्षीय बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीले कावासोती ११ लौखानी निवासी २६ वर्षीय आशाराम माझीलाई नियन्त्रणमा लिएको हो। आशारामले ती बालिकालाई बलात्कार गरेको गाउँलेहरुले नै देखेपछि प्रहरीमा उजुरी गरेका थिए ।
आइतबार पक्राउ परेका आशारामले बालिकालाई नियमित बलात्कार गर्ने गरेको प्रहरी समक्ष बयान दिएका छन्।माझीले बालिकालाई विवाह गर्ने लगायतका प्रलोभन देखाइ बलात्कार गरेको प्रहरीले जनाएको छ। प्रहरीले माझीलाई आइतबार पक्राउ गरेर अनुसन्धान सुरु गरेको हो।



लाेकपाटी न्यूज
