५० वर्षपछि कति पुग्छन् फेसबुकका मृत युजर ?

Facebook
लाेकपाटी न्यूज

एजेन्सी। आगामी ५० वर्षपछि भने फेसबुकमा जीवित भन्दा पनि मृत्यु भएका व्यक्तिहरुको प्रोफाइल संख्या धेरै हुने एक अध्ययनले देखाएको छ।

अहिलेकै अवस्थालाई हेर्ने हो भने पनि फेसबूकमा मृत्यु भएका व्यक्तिहरुको प्रोफाइलको संख्या बढ्दै गएको अध्ययनले देखाएको छ। बेलायतको अक्सफोर्ड युनिभर्सिटीले गरेको अध्ययनअनुसार आगामी सन् २०७० सम्ममा फेसबुकमा जीवित व्यक्तिभन्दा पनि मृत व्यक्तिको प्रोफाइल बढी हुनेछ।

तथ्यांकलाई हेर्दा आगामी ५० वर्षपछि फेसबुकमा अहिले जोडिएका २ दशमलब ३ अर्ब प्रयोगकर्ता मध्ये कम्तिमा १ दशमलब ४ अर्ब प्रयोगकर्ताको मृत्यु भइसकेको हुनेछ। त्यसबेला फेसबूकमा जीवित व्यक्ति भन्दा पनि मृत व्यक्तिको संख्या बढी भएको पहिलो अवस्था हुनेछ।

यस अध्ययनका सह–लेखक डेभिड वाट्सनले भविष्यमा इतिहासविदहरुका लागि मृत भएका व्यक्तिहरुको प्रोफाइल हेर्ने छुट दिनु पर्ने धारणा राखेका छन्। यसबाट इतिहासबारे सत्यतथ्य बाहिर ल्याउन मद्दत पुग्ने उनको भनाइ छ।मृत्यु भइसकेका व्यक्तिहरुको प्रोफाइलमा पोष्ट भएका सामाग्रीहरुले इतिहासका खोजकर्ताहरुलाई ठूलो मद्दत पुग्ने वाट्सन बताउँछन्। मानव व्यवहारलाई हेर्न यो भन्दा उत्तम संग्रह यसअघि कहिल्यै नभएको उनको तर्क छ।

अहिले सामाजिक सञ्जाल फेसबुकबारे जानकारी नभएका सायदै होलान्। इन्टरनेट सुविधा पुगेको स्थानमा त फेसबुक प्रयोगकर्ता नहुने कुरै भएन। विश्वव्यापी रुपमा फेसबुकको लोकप्रियता जसरी वृद्धि भइरहेको छ, नेपाल पनि त्यसबाट अछुतो रहन सकेको छैन।

तर, जुन गतिमा फेसबूक प्रयोगकर्ताको संख्या बढीरहेको छ, यसलाई हेर्दा आगामी ५० वर्षपछि भने फेसबुकमा जीवित भन्दा पनि मृत्यु भएका व्यक्तिहरुको प्रोफाइल संख्या धेरै हुने एक अध्ययनले देखाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्