श्रीलंकामा अनुहार छोपेर पहिरन लगाउन प्रतिबन्ध

burka pic
लाेकपाटी न्यूज

काठमाडौं, १६ वैशाख। श्रीलंकामा अनुहार छोप्न लगाइने पहिरनहरूमा प्रतिबन्ध लगाइएको छ। गत साता २ सय ५० भन्दा बढी व्यक्ति मारिने गरि भएको श्रृंखलाबद्ध विष्फोटपछि यो प्रतिबन्ध लागु गरिएको हो।

अब कसैले पनि अनुहार छोपिने र पहिचानमा अवरोध हुने खालका पहिरन लगाउन पाउने छैनन्। प्रतिबन्धमा कुनै विशेष पहिरनको उल्लेख नगरिएपनि मुस्लिम महिलाहरूले लगाउने बुर्का वा निकाबप्रति लक्षित रहेको बताइएको छ।

धेरैजसो मुस्लिम महिलाहरूले अनुहार छोपिने खालका पहिरन नलगाए पनि पछिल्ला वर्षहरूमा भने त्यस्ता पहिरनप्रति आकर्षण बढेको बताइन्छ। श्रीलंकामा अनुसार छोप्ने खालका पहिरनमा प्रतिबन्धको माग उठ्दै आएपनि अप्रिल २१ को आत्मघाती आक्रमण पछि भने यो माग जोडदार रुपमा उठेको थियो।(एजेन्सी)