काठमाडौं, १६ वैशाख। बीआरआई फोरमले ३८ बुँदे प्रतिवद्धताहरु सार्वजनिक गरेको छ। चीनको राजधानी बेइजिङमा शनिबार सम्पन्न दुई दिने बीआरआई फोरमले ३८ बुँदे प्रतिवद्धताहरु सार्वजनिक गरेको हो।
अन्तर्राष्ट्रिय सहकार्यका लागि दोस्रो बेल्ट एन्ड रोड मञ्चमा नेताहरूको सम्पन्न राउन्ड टेबलपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा दुई दिने बैठकमा भएका छलफलहरुको विवरण समावेश गरिएको छ। ‘बेल्ट एन्ड रोड सहकार्य उज्यालो साझा भविष्यको आकार निर्माण’ नारामा केन्द्रित रहेको दोस्रो बीआरआई फोरमले गरेका निर्णयबारे ३८ बुँदे संयुक्त घोषणाको सम्पादित अंश हेर्नुहोस्
१. हामी (यहाँ सहभागी देश र नेताहरुको नाम उल्लेख गरिएको थियो) २७ अप्रिल, २०१९ का दिन बेइजिङमा अन्तर्राष्ट्रिय सहकार्यका लागि दोस्रो बेल्ट एन्ड रोड मञ्चमा नेताहरूको राउन्ड टेबलका लागि, ‘बेल्ट एन्ड रोड सहकार्यः उज्यालो साझा भविष्यको आकार निर्माण’ भन्ने नाराका साथ भेला भयौँ। चीनका राष्ट्रपति सी जिनपिङले यो राउन्ड टेबलको अध्यक्षता गरे।
२. हाम्रो यो भेटघाटको समयमा विश्व अर्थतन्त्रसँग फैलदा अवसर र उदाउँदा चुनौती दुबै छन् भने विश्वमा भइरहेका महत्वपूर्ण र तीव्र परिवर्तनले यसलाई थप जटिल बनाएका छन्। विश्वव्यापी चुनौतीको सामनाका लागि बहुपक्षीयतालाई सबल बनाउनु अत्यावश्यक रहेको कुरामा हाम्रो पुनः जोड छ। खुला, समावेशी, अन्तरसम्बन्धित, दिगो तथा जनकेन्द्रित विश्व अर्थतन्त्रले सबैका लागि समृद्धिमा योगदान गर्न सक्छ भन्ने हाम्रो विश्वास छ।
३. सहकार्यका उद्देश्य, सिद्धान्त तथा उपाय समेत समेटिएको, अन्तर्राष्ट्रिय सहकार्यका लागि पहिलो बेल्ट एन्ड रोड मञ्चमा नेताहरूको राउन्ड टेबलको संयुक्त विज्ञप्तिको सम्झना गर्दै तथा राष्ट्रसङ्घको दिगो विकास लक्ष्यको एजेन्डा २०३० मा हाम्रो प्रतिवद्धता पुनः व्यक्त गर्दै हामी पुनः बताउन चाहान्र्छौं कि शान्ति, विकास तथा मानव अधिकारको प्रवद्र्धन, आपसी लाभसहितको सहकार्य तथा राष्ट्रसंघको विधान र अन्तर्राष्ट्रिय कानुनका उद्देश्य तथा सिद्धान्तका सम्मान हाम्रा साझा दायित्व हुन्।बलियो, दिगो, सन्तुलित तथा समावेशी आर्थिक वृद्धि र जनताको जीवन स्तरमा सुधार हाम्रा साझा लक्ष्य हुन्। साझा भविश्यसहितको समृद्ध तथा शान्त संसारको रचना हाम्रो साझा आकाङ्क्षा हो।
४. प्राचीन सिल्क रोडले कनेक्टिभिटीको सबलीकरण, शान्ति र सहकार्यको प्रवद्र्धनको भावना सहितको विश्व अर्थतन्त्रको विस्तारसँगै खुलापन, समावेशीकरण, समानता, आपसी सिकाइ तथा आपसी लाभमा योगदान गयो। हामी बेल्ड एन्ड रोड इनिसिएटिभ र सहकार्यका अन्य ढाँचा तथा पहल मार्फत यही भावनालाई पुनस्र्थापित र पुनर्जागृत बनाउने आशामा ।
५. सहकार्यरत साझेदारका हैसियतमा हामी विकास नीति सिनर्जी, पूर्वाधारमा बढेको लगानी, आर्थिक करिडोर, आर्थिक तथा व्यापार सहकार्य क्षेत्र, औद्योगिक पार्क, वित्तीय तथा व्यापारिक साझेदारी, आविष्कार र प्रविधि, सामुद्रिक सहकार्य, व्यावसायिक सम्बन्ध, सांस्कृतिक आदानप्रदानलगायत बेल्ड एन्ड रोड सहकार्यमा भइसकेको प्रगति र सिर्जित महत्वपूर्ण अवसरको प्रशंसा गर्दर्छौं। यस्तो सहकार्यले आर्थिक वृद्धिका नयाँ स्रोत पहिल्याई आर्थिक तथा सामाजिक विकासका लागि बल प्रदान गर्दछ र दिगो विकास लक्ष्यको प्राप्तिमा पनि योगदान गर्दछ।
६. भविष्यतर्फ हेर्दा, हामी विकास नीति सिनर्जी, पूर्वाधार विकास, अवरोधहीन व्यापार, वित्तीय सहकार्य र जनस्तरको सम्बन्ध प्रवद्र्धन गर्दै कनेक्टिभिटीलाई अझ सबल बनाउने उच्च स्तरको बेल्ट एन्ड रोड सहकार्यको परिकल्पना गर्दछौँ जसबाट हाम्रा जनताको जीवनका लागि व्यवहारिक सहकार्यको प्रवद्र्धन होस्। यस सन्दर्भमा हामी साझेदारहरूबाट अझ बढी पहल हुने हाम्रो अपेक्षा छ ।
– यस्तो सहकार्य बृहत परामर्श, संयुक्त पहल तथा साझा लाभमा आधारित हुनेछ। हामी विधिको शासन र समान अवसरको महत्वमा जोड दिन्छौँ।
– साझा दायित्व र उपलब्धिमा आधारित भई स्वयंसेवी सहभागिता र सहमति निर्माण मार्फत नीतिगत तथा परियोजनागत सहकार्यतर्फ उन्मुख छौँ। खुलापन, पारदर्शिता, समावेशिता तथा समान मैदानको सम्मान हुने सहकार्यका लागि सबै राज्य समान हैसियतका साझेदार हौँ। हामी एकअर्काको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान गर्छौं।
– हरेक देशलाई आफ्ना राष्ट्रिय प्राथमिकता तथा कानुनका आधारमा आफ्ना विकास रणनीति तय गर्ने अधिकार, र त्योभन्दा बढी जिम्मेवारी हुन्छ।
– यस्तो सहकार्य खुला, हरित तथा स्वच्छ हुनेछ। हामी खुला अर्थतन्त्र तथा समावेशी, विभेदहीन विश्व बजार स्वीकार गछौँ। यस सहकार्यमा सहभागी हुन इच्छुक सबै देशलाई स्वागत छ।
हरित विकासको प्रवद्र्धन तथा पेरिस सहमतिको कार्यान्यवनका लागि सहकार्य प्रवद्र्धन लगायतका वातावरणीय संरक्षण र जलवायु परिवर्तनका चुनौतीको सम्बोधनको महत्वमा हाम्रो जोड छ। इमान्दारिताको संस्कृति निर्माण र भ्रष्टाचारको सामनामा थप पहलका लागि प्रोत्साहन गर्दर्छौं।
– यस्तो सहकार्य उच्च स्तरको जनकेन्द्रित तथा दिगो विकासतर्फ उन्मुख हुनेछ। हाम्रा राष्ट्रिय कानुन, नियमनकारी प्रावधान, अन्तर्राष्ट्रिय दायित्व, सान्दर्भिक अन्तर्राष्ट्रिय मूल्य मान्यता तथा मापदण्डका आधारमा हामी सहकार्यमा अगाडि बढ्नेर्छौं।
हामी विश्वास गछौँ कि सान्दर्भिक सहकार्य जनकेन्द्रित, समावेशी गुणस्तरीय आर्थिक विकास एवं जनजीविकाको बृहत सुधारका लागि सहयोगी हुनुपर्छ। यसका सबै आयाममा दिगोपना प्रवद्र्धन गर्न हामी प्रतिबद्ध र्छौं।
७. कनेक्टिभिटीले आर्थिक वृद्धिको प्रवद्र्धन, आर्थिक तथा सामाजिक विकास, वस्तु तथा सेवाको व्यापार, लगानी, रोजगारीका अवसरको सिर्जना तथा जनताबीचको सुदृढ सञ्चार तथा आदानप्रदानमा योगदान गर्छ भन्ने विश्वासबाट हामी यसको सुरुवात गर्छौं।
यससन्दर्भमा, पारदर्शिता, खुलापन तथा समावेशितामा आधारित कनेक्टिभिटीको विश्वव्यापी साझेदारीले सबैलाई अवसर प्रदान गर्छ। आज बेल्ट एन्ड रोड इनिसिएटिभ र अन्य सहकार्य रणनीति मार्फत हामी उज्यालो साझा भविष्य र साझा समृद्धितर्फ लक्षित अन्तर्राष्ट्रिय सहकार्यलाई उपक्षेत्रीय, क्षेत्रीय र विश्वव्यापी तहमा प्रवद्र्धन गर्ने निर्णय गर्दछौँ। हामी विश्व व्यापार सङ्गठन केन्द्रमा रहने गरी एक विश्वव्यापी, नियमसङ्गत, खुला, पारदर्शी र विभेदहीन बहुपक्षीय व्यापार प्रणालीको समर्थन गर्दर्छौं।
८. साझा विकासलाई दिगो बनाउनका लागि हामी समुचित म्याक्रोइकोनोमिक नीतिको स्वागत गर्दछौँ, दिगो विकास एजेन्डाबारेका छलफलका लागि प्रोत्साहन गर्दछौँ र राष्ट्रसङ्घ लगायत बहुपक्षीय मञ्चमा म्याक्रोइकोनिक नीतिबारे संवाद बढाउन एवं प्राप्त उपलब्धिमा आधारित भई सम्बन्धित विकास योजनाबीच सिनर्जी र कनेक्टिभिटी प्रवद्र्धन गर्न सहकार्य गर्नेर्छौं।
९. यस सन्दर्भमा हामी विभिन्न पहल तथा सहकार्य ढाँचाबाट प्राप्त अवसरमा पनि जोड दिन्र्छौं।
१०. व्यापार तथा लगानीको उदारीकरण र सहजीकरणका लागि प्रतिबद्ध हामी हाम्रा बजारलाई अझ खुला बनाउन तथा विश्व व्यापार सङ्गठनको नियमसँग नमिल्ने संरक्षणवाद, एकपक्षीयवाद तथा अन्य उपाय अस्वीकार गर्न चाहान्छौँ। हामी विश्व व्यापार सङ्गठनको सहमति अनुसार भएको विशेष तथा फरक व्यवहारको महत्वमा जोड दिन्र्छौं।
११. सीमा कारोबारमा संलग्न सान्दर्भिक निकायबीचको सुदृढ सहकार्य र समन्वय, आपसी सहयोग, सूचना आदानप्रदान तथा सहकार्य एवं भन्सार तथा व्यापार प्रक्रियाको सुधारलाई प्रवद्र्धन गर्दै समग्र भन्सार सहजीकरणको सुधारको महत्व हामी बुझ्दर्छौं। यस्तो सहजीकरण विश्व व्यापार सङ्गठनको व्यापार सहजीकरण सम्झौता अनुसार तथा गैरकानुनी व्यापार र ठगी नियन्त्रणको प्रभावकारी उपायसहित हुनुपर्ने कुरालाई प्रोत्साहन प्रदान गर्दर्छौं।
१२. हाम्रा राष्ट्रिय नियम तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताका सन्दर्भमा प्रत्यक्ष विदेशी लगानी र साझेदारी उद्यमबारे हुने सबल सहकार्यका लागि हामी आहृवान गर्दछौँ। साथै, लगानी र नयाँ व्यावसायिक अवसरको प्रवद्र्धनका लागि सहयोगी तथा विश्वसनीय वातावरणका लागि प्रोत्साहन प्रदान गर्दर्छौं।
१३. हामी कर मामिलामा सहकार्य प्रवद्र्धन गर्न चाहान्छौँ, दोहोरो कर हटाउनेबारे थप सहमतिलाई प्रोत्साहन गर्दछौँ र आर्थिक वृद्धिमैत्री कर नीतिको प्रवद्र्धन गर्दछौँ। यी लक्ष्य प्राप्त गर्नका लागि हामी विद्यमान अन्तर्राष्ट्रिय कर प्रणाली सहकार्य ढाँचाभित्रै काम गर्न चाहान्र्छौं।
१४. हामी सबै साझेदारलाई लाभ हुने गरी समावेशी तथा विविधतायुक्त विश्वव्यापी मूल्य श्रृङ्खला निर्माण गर्ने पहल गछौँ। बौद्धिक सम्पत्तिको अधिकारको रक्षा गर्दै अन्वेषणमा थप सहकार्यको प्रवद्र्धन गर्दर्छौं। साथै हामी डिजिटल यातायातबारे कानुन लागू गर्न प्रोत्साहन गर्छौं।
१५. हामी दिगो सामुद्रिक अर्थतन्त्रको विकासको समर्थन गर्दै तथा सामुद्रिक तथा किनाराको पर्यावरणको दिगो व्यवस्थापन गर्दै, सामुद्रिक लिङ्क थप विकास गर्न र बन्दरगाह एवं पानीजहाज उद्योगीबीच लगायतको अन्तर्राष्ट्रिय सामुद्रिक सहकार्यलाई थप अगाडि बढाउन आहृवान गर्दर्छौं।
१६. अन्तरसम्बन्धित आर्थिक वृद्धिलाई दिगो बनाउनका लागि हामी आर्थिक वृद्धि बढाउने एवं पूर्वाधारमा लगानी मार्फत जीवन स्तर सुधार हुने किसिमले बृहत तथा बहुढाँचागत पूर्वाधार कनेक्टिभिटीको समर्थन गर्दर्छौं। ल्यान्डलक्ड देशहरूलाई ल्यान्डलिङक्ड देशमा बदल्नका लागि हुने कनेक्टिभिटीको सबलीकरण र व्यापार व्यवस्था एवं पूर्वाधारबारेको सहकार्य लगायतका नीति र क्रियाकलापको पनि हामी समर्थन गर्दर्छौं।
१७. हामी उच्च गुणस्तरका, विश्वासिला, सामना क्षमता युक्त तथा दिगो पूर्वाधार बनाउन पहल गर्नेर्छौं। उच्च गुणस्तरका पूर्वाधार सम्भव, खर्च गर्न सकिने, भेट्न सकिने, समावेशी र समग्र जीवनचक्रभरि नै बृहत रूपमा लाभदायक हुनुपर्छ र यसले सहभागी देशहरूको दिगो विकास र विकासशील देशहरूको औद्योगिकीकरणमा योगदान गर्नेछ भन्ने हाम्रो जोड छ। विकासशील देशहरूका कनेक्टिभिटी परियोजनामा लगानी गर्नका लागि विकसित देश र अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई हामी आहृवान गर्दर्छौं। आर्थिक वृद्धि, सामाजिक प्रगति र वातावरणीय संरक्षणको सन्तुलन सहितको परियोजनाको आर्थिक, सामाजिक, वित्तीय तथा वातावरणीय दिगोपनाको महत्वमा हाम्रो जोड छ।
१८. दिगोपनाका खातिर हामी परियोजना तयारी र कार्यान्वयनका क्रममा लगानीयोग्य, ब्याङ्केबल, आर्थिक रूपले सम्भव एवं वातावरणमैत्री परियोजनाको प्रवद्र्धन गर्ने गरी सहकार्यमा हुने सुधारलाई समर्थन गर्दछौँ। बेल्ट एन्ड रोड सहकार्यको बजारका सबै शक्तिहरूलाई हामी आ-आफ्ना कर्पोरेट सामाजिक दायित्व पूरा गर्न र राष्ट्रसङ्घको ग्लोबल कम्प्याक्टको अनुशरण गर्न आग्रह गर्दर्छौं।
१९ .कनेक्टिभिटीको जग यातायात पूर्वाधारमा रहेको हामी स्वीकार गर्दछौँ। देशहरूबीच हवाई, भू तथा जल कनेक्टिभिटी प्रवद्र्धन गर्नका लागि अन्तप्रयोगयोग्य तथा बहुढाँचात्मक यातायातको विकास आदि मार्फत पूर्वाधारको अन्तप्रयोगको विकासलाई प्रोत्साहन गर्दर्छौं। यातायात र सञ्चार क्षमताको वृद्धिका लागि मध्य एसियालाई ककसेस, युरोप, अफ्रिका, दक्षिण तथा दक्षिणपूर्वी एसिया र प्रशान्त क्षेत्रमा जोड्ने लगायतका अन्तरक्षेत्रीय र व्यवस्थापकीय मार्गको विकासको महत्व हामी बुझ्दर्छौं।
२०. उर्जा सुनिश्चितताको वृद्धिका लागि तथा सबैका लागि खर्च गर्न सकिने, स्वच्छ, नवीकरणीय तथा दिगो उर्जाको विश्वव्यापी पहुँच प्रवद्र्धनका लागि उर्जा पूर्वाधारको सबलीकरणमा हामी सहयोग गर्दर्छौं।
२१. हामी वित्तीय समावेशीकरणको महत्वलाई ध्यान दिँदै सम्बन्धित राष्ट्रिय कानुन नियम तथा अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुरूप कनेक्टिभिटी प्रवद्र्धन गर्न चाहान्र्छौं।
२२. दिगो तथा कम कार्बन उत्सर्जन हुने विकास प्रवद्र्धनका लागि हामी पर्यावरणीय दिगोपनातर्फ लक्षित हरित विकासलाई प्रवद्र्धन गर्ने पहलको प्रशंसा गर्दर्छौं। हरित बन्डको प्रचलन र हरित प्रविधिको विकास समेतको हरित वित्तको विकासलाई प्रोत्साहन गर्दछौँ। साथै हामी उच्च स्तरको वातावरणीय संरक्षणतर्फ अग्रसर भई पर्यावरणीय तथा वातावरणीय नीतिबारे राम्रा अभ्यासको आदानप्रदानलाई पनि प्रोत्साहन गर्दर्छौं।
२३. हाम्रो ग्रहलाई जोगाउन प्रतिबद्ध भई हामी जलवायु सामनाका लागि सक्षम विश्वतर्फ अगाडि बढ्छौँ र अन्तर्राष्ट्रिय सिद्धान्त तथा दायित्व अनुकूल हुने गरी वातावरण संरक्षण, चक्रीय अर्थतन्त्र, स्वच्छ उर्जा तथा उर्जा प्रभावकारिता, दिगो तथा एकीकृत जलस्रोत व्यवस्थापन लगायतका क्षेत्रमा जलवायु परिवर्तनबाट नराम्ररी प्रभावित देशहरूलाई गरिने सहयोग लगायत काममा हाम्रो सहकार्य बढाउन चाहान्छौँ ता कि सन्तुलित तथा एकीकृत रूपमा आर्थिक, सामाजिक तथा वातावरणीय तिनै क्षेत्रमा दिगो विकास प्राप्त गर्न सकियोस्। हामी कार्यान्वयनको अन्तर्राष्ट्रिय दशकको मध्यावधि बृहत समीक्षाबारे राष्ट्रसङ्घीय निर्णय, ‘दिगो विकासका लागि पानी २०१८-२०२८’प्रति प्रतिबद्ध र्छौं।
२४. हामी दिगो कृषि, वन तथा जैविक विविधताको संरक्षणमा थप सहकार्यको प्रवद्र्धन गर्दछौँ। सामना क्षमता, विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा सहकार्य प्रवद्र्धन गर्न हामी सहमत र्छौं।
२५.राष्ट्रिय कानुन तथा नियम अन्तर्गत रही हामी भ्रष्टाचार विरोधी अन्तर्राष्ट्रिय सहकार्य र भ्रष्टाचार विरुद्धको शून्य सहनशीलताको समर्थन गर्दछौँ। भ्रष्टाचार विरोधी राष्ट्रसङ्घीय महासन्धि तथा सान्दर्भिक द्विपक्षीय सन्धि लगायत अन्तर्राष्ट्रिय सन्धिहरूमा रहेका मिल्दो दायित्व अनुरूप थप अन्तर्राष्ट्रिय सहकार्यका लागि आहृवान गर्दछौँ। हामी अन्तर्राष्ट्रिय सहकार्य सबल बनाउँदै राम्रा अभ्यास र व्यावहारिक सहकार्य आदानप्रदान गर्न चाहान्र्छौं।
२६. साझा समृद्धि प्राप्त गर्न र टिकाइराख्न व्यावहारिक सहकार्य बलियो बनाइनुपर्छ। यस्तो सहकार्य बजार नियम र हाम्रा आआफ्ना कानुनी ढाँचा अनुरूप, आवश्यकता पर्दा सरकारको समेत सहयोग लिएर, जनकेन्द्रित, नतिजा आधारित र वृद्धिमुखी हुनुपर्छ। यस्तो सहकार्यमा हामी सबै देशका लघु, साना तथा मध्यम तहका लगायत सबै उद्यमको सहभागिताका लागि प्रोत्साहन गर्दछौँ । राष्ट्रिय कानुन नियम अनुरूप खुला, पारदर्शी तथा विभेदरहित सार्वजनिक खरिद प्रक्रियाको महत्वमा जोड दिँदै हामी राम्रा अभ्यासको आदानप्रदानको स्वागत गर्दर्छौं।
२७. अनुसूचीमा दिइएका आर्थिक करिडोर तथा आर्थिक र व्यापार सहकार्य क्षेत्र एवं बेल्ड एन्ड रोड इनिसिएटिभसँग सम्बन्धित सबै क्षेत्रका अन्य सहकार्य परियोजनाको विकासमा भइसकेको प्रगतिमा टेक्दै हुने निरन्तर पहल तथा मूल्य श्रृङ्खला, उद्योग श्रृङ्खला र आपूर्ति श्रृङ्खलाको हामी समर्थन गर्दर्छौं।
२८. हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनमा रही भूपरिवेष्टित देशमा आन्तरिक जलमार्ग, सडक, रेलवे सञ्जाल, हवाई, भू तथा समुद्री बन्दरगाह तथा पाइपलाइनको विकास लगायत बहुढाँचात्मक यातायातको सबलीकरणमा हाम्रो पहल जारी राख्नेछौँ। इकमर्स र स्मार्ट सहरको विकास गर्दै अनि डिजिटल विभेदलाई कम गर्दै हामी अन्तर्राष्ट्रिय अभ्यासबाट सिकेर अन्तर्देशीय फाइबर अप्टिक राजमार्ग लगायत डिजिटल पूर्वाधारलाई पनि प्रोत्साहान गर्नेर्छौं।
२९. हामी तेस्रो बजारको, त्रिपक्षीय सहकार्य तथा सार्वजनिक निजी साझेदारी प्रोत्सान गर्दछौँ र उद्योग एवं सम्बन्धित अन्तर्राष्ट्रिय सङ्गठनहरूबाट राष्ट्रिय कानुन तथा नियमको अधीनमा रही हुने थप पहलको स्वागत गर्दछौँ। व्यावसायिक क्षेत्रका लागि विवाद समाधान सेवाको उपलब्धता तथा कानुनी सहयोग लगायतका कानुनी सहकार्यको पनि स्वागत गर्दर्छौं।
३०. परियोजनाका लागि विविधतायुक्त र दिगो वित्तीय सहयोग प्रदान गर्नका लागि हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाबीचको सहकार्यको समर्थन गर्दछौँ। हामी सम्बन्धित देशको प्राथमिकता, नियम तथा कानुन र अन्तर्राष्ट्रिय प्रतिबद्धता अनि कर्जाको दिगोपनाबारे संयुक्त राष्ट्रसङ्घको महासभाको सिद्धान्त अनुरूप हुने स्थानीय मुद्राको लगानी, वित्तीय संस्थाबीचको साझेदारी तथा विकास वित्तशास्त्रको अझ महत्वपूर्ण भूमिकालाई प्रोत्साहन गर्दर्छौं।
हामी बहुपक्षीय विकास ब्याङक तथा अन्य अन्तर्राष्ट्रिय वित्तीय संस्थालाई आर्थिक रूपमा दिगो हुने गरी कनेक्टिभिटी परियोजनालाई प्राप्त सहयोगमा पुनः जोड दिन र स्थानीय आवश्यकतामा आधारित परियोजनामा निजी पुँजी परिचालन गर्न प्रोत्साहन गर्दर्छौं।
३१. हामी खाद्य सुरक्षा प्रदान गर्ने तथा दिगो विकासलाई सहयोग गर्ने पानी जोगाउने प्रविधि र कृषिका नयाँ तौरतरिकाको विकासको महत्वमा जोड दिन्छौँ। व्यापार तथा लगानीको सहजीकरणका लागि हामी कृषि उत्पादनका लागि भेटेरिनरी स्यानिटरी र फाइटोस्यानिटरी मामिलामा पनि सहकार्यको महत्वलाई जोड दिन्र्छौं।
३२. अनुसूचीमा दिइए बमोजिम विषयगत क्षेत्रगत मञ्चहरूबारे पनि हामी विचार गर्छौं।
३३. कनेक्टिभिटीलाई देश, मानिस र समाजलाई नजिक ल्याउने एक माध्यमका रूपमा लिई हामी विश्वास गर्दछौँ कि बेल्ट एन्ड रोड सहकार्यले पनि फरक जनसमुदाय, संस्कृति तथा सभ्यताबीच अनुभव आदानप्रदान, आपसी सिकाइ तथा संवाद वृद्धि गर्नेछ। युवाहरूबीचको अनुभव आदानप्रदान लगायत जनस्तरीय अनुभव आदान-प्रदानलाई विस्तार गर्ने पहलको हामी स्वागत गर्दर्छौं।
३४. हामी मानव स्रोत विकास, शिक्षा, पेसागत तथा व्यावसायिक तालिममा सहकार्य सबलीकरणको महत्वमा जोड दिन्छौँ र हामी हाम्रा जनतालाई भोलिको काम अनुरूप आफूलाई ढाल्ने गरी क्षमता बढाउँछौँ ता कि रोजगारीको प्रवद्र्धन होस् र जीविकामा सुधार आओस्।
३५. हामी विज्ञान तथा प्रविधि, संस्कृति, कला, सिर्जनात्मक अर्थतन्त्र, ग्रामीण विकास तथा लोक शिल्प, पुरातत्व तथा जीवावशेष अध्ययन, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको संरक्षण, पर्यटन, स्वास्थ्य, खेलकुद लगायतका क्षेत्रमा थप आदानप्रदान र सहकार्य गर्न चाहान्र्छौं।
३६. संसद्, भगिनी प्रदेश तथा नगर, थिङ्क ट्याङ्क, प्राज्ञिक क्षेत्र, सञ्चार माध्यम, नागरिक समाजबीचको सञ्चार एवं महिला तथा अपाङ्गता भएका व्यक्तिबीचको अनुभव आदानप्रदान र प्रवासी कामदारको सहकार्यको हामी स्वागत गर्दर्छौं।
३७. बेल्ट एन्ड रोड इनिसिएटिभ अन्तर्गत रही चीनसँग द्विपक्षीय तथा बहुपक्षीय सहकार्य प्रवद्र्धन गर्ने थप पहललाई हामी स्वागत गर्दछौँ। सम्भाव्य फलोअप कार्यक्रम सहित बेल्ट एन्ड रोड फोरम नियमित तहमा आयोजना गर्ने अपेक्षा गर्दर्छौं।
३८. अन्तर्राष्ट्रिय सहकार्यका लागि दोस्रो बेल्ट एन्ड रोड मञ्चको आयोजनाका लागि चीनलाई धन्यवाद तथा बधाइ दिन चाहान्छौँ र तेस्रो मञ्चको प्रतीक्षामा र्छौं।



लाेकपाटी न्यूज

