चितवन, १६ वैशाख। प्रगतिशील लेखक संघ चितवनको आयोजनामा माडी बहुमुखी क्याम्पस बसन्तपुरको सभाहलमा २६ औँ पारिजात स्मृति दिवसको अवसरमा आयोजित एकल कबिता बाचन साँझ सम्पन्न भएको छ ।
कबि पुरुषोत्तम आचार्यले रचना गरेका आफ्ना रचनाहरुलाई कार्यक्रममा राखिएको थियो। त्यसअघि उद्घाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले साहित्यिक कार्यक्रमले आफुलाई आनन्दित बनाउने गरेको बताउदैँ साहित्यिक रचना गर्ने सर्जकहरुलाई माडी नगरपालिकाले सधै सम्मान गर्ने बताए।“
माडी नगरपालिकाले साहित्यकारलाइ सधैँ सम्मान गर्छं ढकालले भने,साहित्य क्षेत्रको विस्तारमा आफ्नो व्यक्तिगत र नगरपालिकाले गर्नुपर्ने साथ र सहयोगमा कहिलै कमि आउन दिन्न।“त्यस्तै कार्यक्रमको बिशिष्ट अतिथि बरिष्ट लोकदोहोरि गायिका हरिदेबी कोइरालाले आफ्ना केहि सांगेतिक प्रस्तुति राखेकी थिइन्।
त्यस्तै साहित्यकार डि.आर. पोख्रेलले पारिजातको साहित्यिक योगदानको चर्चा गर्दै उनका केहि कृतिका बिषयमा समेत समालोचना गरेका थिए। कार्यक्रममा बोल्दै सस्थाका अध्यक्ष बिपिन पाठकले पारिजात मात्र नभई नेपाली साहित्यलाइ यो उचाइ सम्म पुर्याउन भूमिका खेल्ने कुनैपनि साहित्यकारहरुलाई सम्झने सन्दर्भमा प्रगतिशील लेखक संघ सधैँ लागि रहने बताए।



लाेकपाटी न्यूज

