श्रीलंका विस्फोटका मुख्य अभियुक्त मारिए

shirlanka
लाेकपाटी न्यूज

काठमाडौं, १६ वैशाख। श्रीलंकामा यही वैशाख ८ गते भएको शृङ्खलाबद्ध बम विस्फोटका मुख्य अभियुक्त जहरान हासिमका बाबु र दुईजना भाईको सुरक्षा कारबाहीमा मृत्यु भएको छ।

सुरक्षा बलका अधिकारीहरुले हासिमकी आमाको समेत मृत्यु भएको जनाएका छन्। हासिमको शहर कट्टनकुडीमा सुरक्षा बलले गरेको कारबाहीमा उनीहरुको मृत्यु भएको थियो।

कारबाहीका लागि हासिमको घरमा पुगेको सुरक्षाकर्मीको टोलीमाथि बन्दुकधारीले हमला गरेका थिए। घटनामा तीन जनाले आफूलाई स्वयम् बमले उठाएको अधिकारीहरुले जनाएका छन्। हासिमका बाबु र भाई आफैंले गराएको विस्फोटमा मारिएका हुन्।

श्रीलंका सरकारले हासिमको पनि कोलम्बोस्थित एक होटलमा आत्मघाती हमलामा मृत्यु भएको जनाएको छ। प्रहरीले कट्टनकुडीको पूर्वी क्षेत्रस्थित समूहको मुख्यालयमा छापा मारेको जनाएको छ । श्रीलंकामा वैशाख ८ गते भएको हमलामा होटल र चर्चलाई निशाना बनाइएको थियो। त्यस क्रममा कम्तिमा २ सय ५० जनाको मृत्यु भएको थियो। (एजेन्सी)