काठमाण्डौं, १५ वैशाख। सरकारले ‘राष्ट्रिय तथ्यगत विवरण अनलाइन डाटा पोर्टल’ पनि संचालनमा ल्याएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार सिंहदरबारमा आयोजित राष्ट्रिय योजना आयोगको पूर्ण बैठकमा ‘राष्ट्रिय तथ्यगत विवरण अनलाइन डाटा पोर्टल’ सेवाको शुभारम्भ गरेका हुन्।
राष्ट्रिय योजना आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको निर्देशनमा केन्द्रिय तथ्यांक विभागले तयार पारेको सो अनलाईन डाटा पोर्टलको नाम डब्लु डब्लु डब्लु डट नेशनलडाटा डट जीओभी डट एनपी (www.nationaldata.gov.np) राखिएको छ।
संघ, प्रदेश र स्थानीय तहको सबै डाटाहरु एकीकृत रुपमा अनलाईन सेवामार्फत सर्वसाधारणलाई समेत जानकारी गराउने उद्देश्यका साथ यो अनलाइट पोर्टल संचालनमा ल्याइएको केन्द्रिय तथ्यांक विभागमा महानिर्देशक सुमनराज अर्यालले जानकारी दिए।
खुला तथ्यांकको सिद्धान्त बमोजिम तथ्यांक तथा सूचनामा सरोकारवालाहरुको पहुँच सुनिश्चित गर्न पनि सो अनलाईट पोर्टल संचालनमा ल्याइएको केन्द्रिय तथ्यांक विभागले जनाएको छ।
राष्ट्रिय योजना आयोगसँगको निरन्तरको अन्तरक्रियामा आधारित भएर तयार पारिएको सो अनलाईन डाटा पोर्टलले संघ, प्रदेश र स्थानीय तहको तथ्यांकीय तथा सूचना व्यवस्थापनको क्षमतामा अभिवृद्धि गर्ने उद्देश्य पनि रहेको छ।



लाेकपाटी न्यूज

