काठमाडौं, १५ वैशाख । चीनले विश्वकै ठूलो टर्मिनल हुनेगरी नयाँ विमानस्थलको निर्माण गर्ने भएको छ। जसमा एउटै भवनमा अहिलेसम्म कै सबैभन्दा ठुला टर्मिनल हुने बताइएको छ।
सेप्टेम्बरदेखि सञ्चालनमा आउने यो विमानस्थल हुँदै बर्सेनि करोडौँ मानिसहरूले यात्रा गर्ने छन्। डाशिङ नाम दिईएको उक्त विमानस्थलबाट बर्सेनी १० करोड भन्दा बढि यात्रुले प्रयोग गर्नेछन्। जसमा आगमन र प्रस्थानका लागि २÷२ वटा छुट्टा छुट्टै तला हुनेछन्।
करिब १० लाख वर्ग मिटर क्षेत्रमा बनाउन लागिएको यस विमानस्थल भबिष्यमा बढ्न सक्ने यात्रुहरुको संख्यालाई मध्यनजर गरेर सरकारले ठुलो अध्ययनकाबीच उक्त विमानस्थल निर्माण गर्ने तयारीमा पुगेको अधिकारीहरुले बताएका छन् ।
बिज्ञान र प्रविधीको दुनियाँमा विश्वमा चमत्कारीपूर्ण काम र उपलब्धी पाईरहेको चीनले यस क्षेत्रमा विश्वलाई नै ठुलो चुनौती दिँदै आएको छ। केही समय अगाडीमात्र कृतिम सुर्य र कृतिम चन्द्रमा बनाउने घोषणा गरेर चर्चामा आएको चीन यस प्रोजेक्टमा निरन्तर लागिरहेको छ। (बीबीसीको सहयोगमा)



लाेकपाटी न्यूज

