काठमाडौं, १५ वैशाख । वित्तीय संकटका कारण अस्थायी रुपमा बन्द भएको भारतीय एयरलाइन्स जेट एयरवेजका एक वरिष्ठ प्राविधिक कर्मचारीले आत्महत्या गरेका छन् ।
पुलिसका अनुसार ५३ वर्षका शैलेष कुमार सिंह पछिल्लो तीन वर्षदेखि पेटको क्यान्सरसँग जुधिरहेका थिए । पछिल्लो चार महिनामा उनको स्थिति थप खराब भएको थियो । पुलिसका अनुसार सिंहले यसै वर्ष मार्चदेखि तलब पाउन छोडेका थिए । उनी अस्पतालमा भर्ना थिए । उनलाई शुक्रबार घर ल्याइएको थियो । उनले त्यसै दिन दिउँसो चौथो तल्लाबाट हाम फालेर आत्महत्या गरे ।
शैलेष सिंहका जेठा छोरा पनि जेट एयरवेजमा नै काम गर्छन् । उनले पनि तलब पाएका छैनन् । जेट एयरवेजका थुप्रै कर्मचारीले आर्थिक संकटका कारण समस्या झेलिरहेको बताएका छन् ।



लाेकपाटी न्यूज

