तलब नपाएपछि कर्मचारीले गरे आत्महत्या

mrityudanda
लाेकपाटी न्यूज

काठमाडौं,  १५ वैशाख। जेट एयरवेजका एक कर्मचारीले आत्महत्या गरेका छन्।  प्रहरीका अनुसार वित्तीय संकटमा गुज्रिरहेको जेट एयरवेजका प्राविधिक कर्मचारी ५३ वर्षीय शैलेष कुमार सिंहले आत्महत्या गरेका हुन्।

पेटको क्यान्सरबाट पीडित शैलेषले गत मार्च महिनादेखि तलब पाएका थिएनन्।  जेट एयरवेजमै कार्यरत उनको जेठो छोराले पनि तलब पाएका छैनन्। रोगले च्याप्दै लगेको बेला उपचार गर्ने खर्च नभएपछि शैलेष सिंहले घरको चार तला माथिबाट हाम फालेर आत्महत्या गरेका हुन्।

चार महिनायता स्वास्थ्य जटिल बनेपछि शैलेषलाई अस्पतालमा भर्ना गरिएको थियो । शुक्रबार उनलाई अस्पतालबाट घरमा ल्याइएको थियो। त्यसैदिन उनले घरको चौथो तलाबाट हाम फालेर आत्महत्या गरेको भारतीय प्रहरीले जनाएको छ।

जेट एयरवेजका धेरै कर्मचारीले वित्तीय संकट सुरु भएपछि तनाव भइरहेको बताएका छन्। तर, वित्तीय संकट सुरु भएपछि कुनै कर्मचारीले आत्महत्या गरेको घटना भने यो पहिलो हो।