काठमाडौं, १४ वैशाख । बिरामी हुँदा हामी हजारौं लाखौं खर्च गरेर उपचार गराइरहेका हुन्छौं। त्यसमाथि अस्पतालको लामो लाइन अनि औषधीको महंगो बिल उफ्!
तर, वाङ्चुक राप्तेन लामाले विगत तीन वर्षदेखि पाँच रुपैयाँमै बिरामको उपचार गरिरहेका छन्। उमेरले तीन दशक टेक्न लागेका उनी ‘ठ्रङ्गु फेन्दे क्लिनिक’का डाइरेक्टर हुन्। काभ्रेस्थित नमोबुद्धको थाङ्गु टासी याङ्गे गुम्बामा रहेको क्लिनिकबाट दैनिक सयौँले सेवा लिइरहेका छन्।
गुम्बामा आउनुअघि वाङ्चुक गाउँगाउँमा स्वास्थ्य शिविर चलाउँथे । शिविर चलाउँदा चलाउँदै बिरामी भएपछि उनको मुटुको अप्रेसन भयो । डाक्टरले आराम गर्नु भनेका छन्। तर आराम गर्दैनन्। गुम्बामा लामासँगै गाउँलेको उपचारमा खटिइरहेका छन्। यो समाचार नयाँ पत्रिकामा प्रकाशित छ।



लाेकपाटी न्यूज

