एक वर्षमा विद्युतमा आत्मनिर्भर हुन्छौं : वर्षमान पुन

barsaman-pun ananta
लाेकपाटी न्यूज

काठमाडौं, १३ वैशाख। ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले नेपाल सरकारले विकासमा चाँडो प्रगति गर्न सक्ने बताएका छन्।

शुक्रबार काठमाडौंमा पद्यमा ग्रुपद्वारा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पुनले जनताको तिब्र विकासको चाहना सरकारले पुरा गर्ने बताएका हुन्। ‘सरकारले २५ बर्षको विकासको भिजन अघि सारेको छ,’ मन्त्री पुनले भने, ‘प्राकृतिक श्रोत र युवा जनशक्ति, विशाल अर्थतन्त्र भएका दुई छिमेकी तथा राजनीतिक स्थायित्व र सरकारको ईच्छाशक्तिका कारण नेपालले विकासको संभावना बढेको छ।’

देशको विकास गर्ने ईच्छाशक्ति र जनताको विकास प्रतिको चाहानाले विकासको वातावरण बनेको बताए। पछिल्लो चरणमा जनतामा समेत बचत गर्ने प्रबृत्ति बढ्दै गएको भनाइ थियो। ‘संघीयता कार्यान्वयन, विकास र समृद्धिका लागि यो वर्ष सरकारले आधार तयार पारेको छ,’ उनले भने , ‘सरकार नीजि क्षेत्रसँग समन्वय गरेर नीजि क्षेत्रलाई प्रोत्साहन गर्दै अघि जान तयार छ।’

लगानी मैत्री वातावरण बनाउनका लागि कानूनहरुको संशोधन भएको जानकारी दिए। १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गरि छाड्ने बताउँदै उनले दोहोरो अंकको आर्थिक बृद्धिका लागि पनि आवश्यक पर्ने बताए। ‘सरकारले विस्तारै पेट्रोलियम पदार्थको प्रयोगको बानी सुधारेर विद्युतिय सामानको प्रयोगमा बढोत्तरी गर्न प्रोत्साहन गर्ने छ, मन्त्री पुनले भने, ‘अर्को वर्ष सम्ममा विद्युत आयात रोकेर आत्मनिर्भर हुन्छौं ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्