सरकारले स्व. मनमोहन अधिकारीको सपना पूरा गर्छ : प्रधानमन्त्री ओली

Kp sharma oli PM
लाेकपाटी न्यूज

ललितपुर, १३ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मनमोहन अधिकारीले राष्ट्रिय स्वाधीनता, वामपन्थी दलको एकता र देश विकासमा र्पुयाएको योगदानको चर्चा गरेका छन्।

मनमोहन स्मृति प्रतिष्ठानले शुक्रबार सानेपास्थित प्रतिष्ठान परिसरमा आयोजना गरेको ‘२० औँ स्मृति दिवस’ मा उनले वर्तमान सरकार स्व. अधिकारीका अधूरा सपना पूरा गर्न लागिपरेको बताए।

स्व. अधिकारीको शालिकमा माल्यार्पण गर्दै प्रधानमन्त्री ओलीले स्व. अधिकारीले वामपन्थी पार्टी सरकारमा पुग्दा कसरी सरकार चलाउँछन् भन्ने देखाएको बताए।

अधिकारीले ‘आफ्नो गाउँ आफैँ बनाऊँ’ भन्ने नाराका साथ नागरिकमा विकासको भोक जगाएको उनको भनाइ थियो।
सामाजिक सुरक्षा र कानूनी राज्य स्थापनाका लागि अधिकारी नेतृत्वको सरकारले उल्लेखीय काम गरेको बताउँदै उनले भने, ‘चुनौतीका बीचमा पनि उनले गरेको काम निकै महत्वपूर्ण थिए।’

एकातिर राजतन्त्रको फर्कने चाहना र अर्कातिर जनयुद्धको तयारीले गर्दा स्व. अधिकारीले पार्टीको नेतृत्व गर्दा देशमा चुनौती रहेको प्रधानमन्त्री ओलीले बताए । स्व. अधिकारीपछिको पार्टी नेतृत्वले यी दुवै चुनौती सामना गरेको उनको भनाइ थियो।

पूर्वप्रधानमन्त्री अधिकारीको विसं २०५६ वैशाख १३ गने निधन भएको थियो। प्रतिष्ठानले वर्षेनी उनको स्मृतिमा कार्यक्रमको आयोजना गर्दै आएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्