इनरुवा, १३ वैशाख। सङ्घीय समाजवादी फोरम नेपाल सुनसरीको अध्यक्षमा भगीरथ खत्वे विजयी भएका छन्। देवकृष्ण यादवलाई २५ मतको अन्तरले पराजित गर्दै अध्यक्षमा खत्वे विजयी भएका हुन्।
बिहीबार साँझ सम्पन्न भएको मतदानमा अध्यक्षमा खत्वेले २९ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्धन्दी यादवले चार मत मात्र प्रात गरे। त्यसैगरी फोरमको उपाध्यक्षमा सरिफ रैन, सचिवमा रवीन्द्र राई, सहसचिवमा अभिनन्द यादव र कोषाध्यक्षमा सुमित्रा राई चयन भएको पार्टीले जनाएको छ।
जिल्ला कार्यसमिति ४८ सदस्य गठन भएको सो पार्टीले जनाएको छ। अध्यक्ष पदमा निर्वाचन भएको हो भने अन्य पदमा सहमतिमा पदाधिकारी चयन गरिएको पार्टीका अभिनन्द यादवले बताए।



लाेकपाटी न्यूज

