‘खुलामञ्च कब्जा भएको महानगरलाई थाहा छैन’

bidhya-sundar-sakya
लाेकपाटी न्यूज

काठमाडौं, १३ वैशाख। खुलामञ्च अतिक्रमण गरेर धमाधम व्यावसायिक प्रयोजनका सटर निर्माण भइरहे पनि रोक्न सम्बन्धित निकायले चासो दिएको छैन।

सम्बन्धित वडा कार्यालयले यसबारे थाहै नभएको जवाफ दिने गरेको छ। अनुमति नदिएको बताउने महानगरले पनि कारबाही प्रक्रिया अघि बढाउन पहल गरेको छैन।

काठमाडौं भ्युटावर बनाउन ठेक्का लिएको स्वच्छन्द बिकोई बिल्डर्स प्रालिले खुलामञ्चमा पसल सञ्चालनका लागि सटर बनाइरहेको छ। कम्पनीले ५२ वटा सटर तयार गर्दै छ।

केहीमा पसलै चल्न थालिसकेका छन्। महानगरपालिकाले खुलामञ्चको उत्तरतिर बसपार्क राख्न दिएपछि अतिक्रमणको क्रम बढेको हो। कान्तिपुर दैनिकमा दामोदर न्यौपानेले समाचार लेखेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्