एउटा जिल्लामा दुई सिडिओ हुनै सक्दैन : गृहमन्त्री

Ram-bdr-thapa-badal
लाेकपाटी न्यूज

काठमाडौं। केन्द्र सरकारले समन्वय नगरेको भन्दै प्रदेश नम्बर दुईले मातहतका जिल्लामा आफ्नो छुट्टै प्रशासकीय अधिकृत राख्ने तयारी गरेपछि गृहमन्त्री रामबहादुर थापा बादलले आपत्ति जनाएका छन्।

बिहीबार विराटनगर पुगेका गृहमन्त्री थापाले एक जिल्लामा दुई सिडिओ राख्न संविधान र कानूनले नदिने बताएका हुन्। प्रदेश–२ को तयारी गैरसंवैधानिक भएको र केन्द्र सरकारलाई त्यो कदम कुनै हालतमा मान्य नहुने थापाले बताए।

‘प्रदेश २ का जिल्लामा दुईवटा सिडिओ हुने भए भन्ने हल्ला मात्रै हो,’ उनले भने, ‘संविधान र कानूनअनुसार नै एक जिल्लामा दुईजना सिडिओ राख्न मिल्दैन।’ ‘दुई सिडिओ राख्ने संविधानमा कहीँ व्यवस्था छैन,’ उनले भने।

केन्द्र सरकारले पठाएका सिडिओले प्रदेश सरकारसँग समन्वय नगरेको भन्दै प्रदेश २ ले प्रदेश मातहत बेग्लै प्रशासकीय कामकाज गर्ने अधिकारी (सिडिओ) राख्ने तयारी गरेको हो। उसले यससम्बन्धी विधेयक प्रदेशसभामा पेश गरिसकेको छ।

त्यस्तै उनले नेत्रविक्रम चन्द् नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई वार्तामा आउन आह्वान गरेको पनि बताएका छन्। ‘हामीले वार्तामा आउन आव्हान गरिराखेका छौं, उहाँहरुले कसरी लिनुहुन्छ भविष्यले बताउँला,’ उनले भने।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्