मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभ समाचार सुन्न पाइएला। मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ। कला र गलाको प्रभाव बढ्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ। शुभकार्यको चर्चा चल्नेछ। प्रेमीको सहयोग प्राप्त हुनेछ। परिवारमा सुख सन्तोष छाउनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ। वैदेशिक क्षेत्र कमजोर रहला। सौन्दर्यतामा धन खर्च हुनेछ। पैतृकसम्पत्तिमा विवाद बढ्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अरूलाई प्रभावित पारेर काम बन्नेछ। वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ। आयआर्जनका क्षेत्रमा सुधार आउनेछ। पुनर्मिलनको योग रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) श्रमदान गर्ने अवसर मिल्नेछ। अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। शुभकार्यको चर्चा चल्नेछ। प्रेममा सफलता प्राप्त हुनेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आकस्मिक धनलाभ हुनेछ। महिला वर्गबाट सहयोग मिल्नेछ। कूटनीतिक नियोगको सहयोग मिल्ला। पारिवारिक सद्भावपनि बढ्नेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मनमा दुविधा उत्पन्न हुनेछ। आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला। फितलो यात्रा हुनेछ। प्रेममा मतभेद बढ्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) घरमा अतिथीको आगमन हुनेछ। बोलीको भरमा कार्य सम्पादन हुनेछ। आफन्तको प्रगतिमा मन रमाउनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ। सवारी साधनको खरिद बिक्री हुने योग छ। लगनशीलताले कामहरू अगाडी बढ्नेछन्।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) इनाम र प्रतिष्ठा कमाउने बेलाछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। रोमाञ्चक यात्रा होला। कला र गलाको प्रभाव बढ्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्यमा अवरोध आउला। व्यर्थको सास्ति खेप्नु पर्नेछ। कतैकतै झै–झमेलाको अवस्था आउला। अधिक धन खर्चपनि हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) न्यायिक कार्यमा सफलता मिल्नेछ। आँटेको र ताकेको कार्य पुरा होला। आफन्तको प्रगतिमा मन रमाउनेछ। वस्त्र एवं अलंकार प्राप्ति हुनेछ।



लाेकपाटी न्यूज

