हावाहुरी प्रभावितको घर बन्दै, सरकारले सेनालाई दियो ८४ करोड

cabinet-pm-office-1
लाेकपाटी न्यूज

काठमाडौं, १२ वैशाख । बारा र पर्सामा आएको विनाशकारी हावाहुरीले क्षतिग्रस्त भएका घर निर्माणका लागि सरकारले नेपाली सेनालाई ८४ करोड ६८ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

वैशाख ५ र १० गतेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले हावाहुरीबाट क्षतिग्रस्त १४ सय ५३ वटा घर निर्माणका लागि सेनालाई ८४ करोड ६८ लाख ७६ हजार १ सय ४० रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए ।

यसअघि सरकारले बारा र पर्सामा हावाहुरीबाट क्षतिग्रस्त घर निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो । सरकारले दिएको रकम र घरधुरी संख्या हिसाब गर्दा एउटा घरबापत सेनाले ५ लाख ८२ हजार ८ सय ४७ रुपैयाँ पाएको हो । गएको चैत १७ गते बारा र पर्सामा आएको हावाहुरीमा परी २८ जनाले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्