कर्मचारीले विकास हुँदैन, युवा परिचालन गर्नुपर्छ : जनार्दन शर्मा

Janardan Sharma
लाेकपाटी न्यूज

दोलखा, १२ वैशाख । पूर्वगृहमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका नेता जनार्दन शर्माले विकास र समृद्धिका लागि सबैले आ-आफ्नो ठाउँबाट योगदान गरेर अगाडी बढ्नु पर्ने बताएका छन्।

दोलखाको भूकम्पबाट क्षतिग्रस्त निलकण्ठेश्वर माध्यमिक विद्यालयको भवन उदघाटन तथा हस्तान्तरण कार्यक्रममा बोल्दै उनले श्रम, पुँजी र स्रोतहरुलाई जोडेर मात्रै हामी समृद्धिको दिशामा जान सक्ने बताएका हुन् । उनले भने, ‘प्रविधी, पुँजी र स्रोतहरुको एकिकरणबाट मात्र समृद्धि सम्भव छ । त्यसकारण हमी सबैले एकतावद्ध भएर अगाडी बढ्नु छ।’

विकास र समृद्धि पार्टीगत कुरा नभइ समग्र राजनीतिक अभियान भएको बताए । आर्थिक विकासको माध्यबाट अगाडी बढ्नको लागि सबैको योगदानको आवस्य रहेको उनको भनाइ छ । हाम्रा गाउँ समाजमा थुपैै रोजगारीका समस्थाहरु छन् ।तर, रोजगारीका लागि आफ्नो जमिन प्रयोग र्न नचाहि विदेशीने मनोवृती रहेको छ । यसका लागी सहि समाधान निकाल्नु पर्ने उनले बताए ।

उनले भने, ‘काम नगर्ने र गुण्डागर्ती गरेर हिड्ने खालको एउटा प्रवृती पनि छ । ती कुराहरुलाई हतात्साहित गर्दै हामीले संविधानले पाएका अधिकारहरु, महिलाका अधिकार, दलित र जनजातीका अधिकार आदिवासी सबैका अधिकारहरु सहि प्रयोग गरी अगाडी बढ्नुपर्ने आवस्यकता औंल्याए।

सरकारबाट हुने गरेका सकारात्मक कामहरुको कार्यान्वयन गर्न जनताको पङ्ती अग्रसर हुनु पर्ने उनको भनाइ छ । जनता सरकार तथा नेतृत्वमा रहेको पार्टीको गल्ती र कमजोरी औल्याउन तयार हुनु पर्ने उनले बताए। उनले भने, ‘औंला ठड्याउनु पर्छ, खबरदारी गर्नुपर्छ किनभने यो कुरा जनताको श्रोतमा निहित छ । चाहे नेतो सरकार होस या सत्ता नै किन नहोस् सबै जनताको श्रोतमा निहित छ।’

विकास र समृद्धिको नयाँ अभियान अब पुरानो तरिकाले नचल्ने बताए। ‘सरकारका दुई कर्मचारी, सचिव वा संस्थाले गरेर नेपालको विकास सम्भव छैन। सरकारका ठूला विकास योजनाहरु युवाहरुलाई जिम्मवारी दिनु पर्छ । अभियानवद्ध रुपमा हजारौं लाखौं युवाहरुलाई परिचालन गरेर आवस्यकता भन्दा अथवा तोकेको भन्दा पहिले हामीले उपलब्धी हासिल गर्न सक्छौं’ उनले भने ।

उनले सबै राजनीतिक पार्टीहरुलाई समावेश गराइ विकासको एउटा नयाँ अभियान ल्याउने बताए । उनले भने, ‘त्यो अभियान अबको अभियान हुने छ, जुन नेकपाले सञ्चालन गर्नेछ। विकासको महाअभियान आर्थिक क्रान्तीको महाअभियान चलाउने छ।’