घुस रकमसहित चौधरी पक्राउ

Arrest pic
लाेकपाटी न्यूज

बुटवल,  १२ वैशाख । मालपोत कार्यालय रूपन्देही भैरहवाका कार्यालय सहयोगी पक्राउ परेका छन्।जोगेन्द्रप्रसाद चौधरी घुससहित पक्राउ परेका हुन्।

सेवाग्राहीलाई सुकुम्वासी समस्या समाधान आयोगको निर्णय प्रतिलिपि उपलब्ध गराउने भन्दै उनले २० हजार घुस रकम लिएको भेटिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले उनलाई घुस रकमसहित पक्राउ गरेको हो। चौधरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियार बुटवलले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्