विराटनगर, १२ वैशाख। गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विप्लव समूहको गतिविधि निस्तेज पार्न सरकार सफल भएको दावी गरेका छन्।
प्रदेश १ मा आयोजित सुरक्षा गोष्ठीलाई सम्बोधन गर्न विराटनगर पुगेका मन्त्री थापाले विप्लव समूहलाई मूलधारको राजनीतिमा ल्याउने प्रयासमा सरकार लागिरहेको बताए। उनले भने, ‘विप्लव समूहको गतिविधि निस्तेज भएको छ। यसलाई पूर्ण निस्तेज पार्न सरकारले नीतिहरु अख्तियार गरेको छ।’
उनले विप्लव समस्याको समाधान सरकारले वार्ता र संवादबाटै गर्न चाहेको उनको भनाइ छ। उनले भने, ‘विखण्डनकारी शक्ति सीके राउतलाई समेत हामीले वार्ता र संवादबाटै मूलधारको राजनीतिमा अवतरण गराइसकेका छौं। विप्लव पनि अब वार्तामा आउनुपर्छ।’
विप्लव समूहले विध्वंशकारी गतिविधि गरेकाले सरकारले नियन्त्रणमा लिएको उनले उनको भनाइ छ। जुनसुकै उद्देश्य बोकेका राजनीतिक दललाई शान्तिपुर्ण आन्दोलन गर्ने छुट भएको तर, शान्ति सुरक्षामा खलल र्पुयाउने छुट कसैलाई नभएको उनले बताए।
फरक प्रसंगमा उनले वर्ष ०७६ लाई सरकारले समृद्धिको वर्ष मानेको बताए। यसका लागि सरकार आवश्यक पूर्वाधार तयारीमा जुटेको उनको भनाइ छ।



लाेकपाटी न्यूज

