काठमाडौं, १२ वैशाख। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार सियानको ता सियान बौद्ध मन्दिरको अवलोकन गरेकी छिन्।
मन्दिर परिसरमा पुग्दा उनलाई त्यहाँका प्रमुख चेन किङले स्वागत गरे। साथै मन्दिरका विषयमा राष्ट्रपति भण्डारीलाई जानकारी दिइएको थियो । चीनमा बौद्ध धर्मावलम्बीका लागि ता सियान बौद्ध मन्दिर संरक्षण गरिएको प्राचीन धार्मिक मन्दिर रहेको छ।
यो शहरबाट करीब ४ किलोमिटर दक्षिणी बाहिरी भागमा अवस्थित रहेको छ। ता सियान मन्दिरले आफ्नो ख्यातिका कारण अधिकतम पर्यटक आकर्षण गर्दछ।
यसको निर्माण साधारण तर आकर्षक रहेको छ। यो मन्दिर ताङ वंशको शासनकालमा सम्राट गाओजोङका पालामा ई.सं. ६ सय ५२ मा बनेको हो। भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले मन्दिरको आगन्तुक पुस्तिकामा हस्ताक्षर गरिन्।



लाेकपाटी न्यूज

