बेहुली नलाने जन्तीलाई गाउँलेले बनाए बन्दी

mirriage
लाेकपाटी न्यूज

वीरगञ्ज, १२ वैशाख । बेहुली लैजान अस्वीकार गर्ने बेहुलासहितको जन्तीलाई गाउँलेले तीन दिनसम्म बन्दी बनाएर राखेका छन् । पर्साको छिपहरमाई गाउँपालिकामा गाउँलेहरुले जन्तीलाई तीन दिन बन्दी बनाएपछि रिहा गरेका हुन् ।

बिहेको लागी देखाइएको युवतीको साटो अर्कैलाई बेहुली बनाएर मण्डपमा बसाइएको आशंका गर्दै भारतको सीमावर्ती पश्चिम चम्पारणबाट आएको जन्तीले बेहुली लैजान अस्वीकारेपछि गाउँलेले बेहुला सहितको जन्तीलाई नियन्त्रणमा लिए । बिहार पश्चिम चम्पारण सुभद्रा थाना बजराबैरिया निवासी जतन यादव छिपहरमाई गाउँपालिका–१ भलुवहियाका कैलाश यादवको छोरीसँग बिहे गर्न जन्ती लिएर आइतबार आएका थिए ।

बेहुलीको बाबु कैलाशको साटो उनको भाई जुगललाई कन्यादान गर्नको लागी अघि सारिएपछि बेहुली साटिएको आशंकामा जन्ती पक्षले बिहे गर्न अस्वीकारेको स्थानीयको भनाई छ । विवाद समाधानको लागी दुबै पक्षबीच वार्ता हुँदा क्षतिपूर्ति वापत बेहुली पक्षलाई १२ लाख रुपैयाँ दिनुपर्ने वा बेहुली लैजानुपर्ने शर्त राखिएको थियो ।

बेहुली मन नपरेपछि बेहुला पक्षले बिहे गर्न मानेको थिएन, मिर्जापुर प्रहरी चौकी इन्चार्ज बिटु सिंहले भने, ‘हिजो(मंगलबार) बेहुली लैजान सहमति पछि विवाद समाधान भएको जानकारी आएको छ।’ इन्चार्ज सिंहले बेहुला पक्षलाई नियन्त्रणमा लिएको सम्बन्धमा आफूले ढिलो गरी जानकारी पाएको दाबी गरे ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्