फेसबुक प्रयोकर्ता मासिक ८ प्रतिशतले बढ्दै

facebook
लाेकपाटी न्यूज

एजेन्सी । सामाजिक सञ्जाल फेसबुकका प्रयागकर्ता एक महिनामा ८ प्रतिशतले बढिरहेको पाइएको छ । उसका प्रयोगकर्ताहरु ८ प्रतिशतका दरले मासिक रुपमा बढिरहेको फेसबुकले उल्लेख गरेको हो ।

फेसबुकका प्रमुख मार्क जुकरवर्गले फेसबुकको व्यापार र यसका समुदाय दुवै बढ्दै गइरहेको जनाएका छन् । यस्तै अमेरिकी अधिकारीहरुले गोपनीयता सम्बन्धी विषयमा छानबिन गर्दा लाग्ने सम्भावित खर्च ३ बिलियन डलर आफूले छुट्याएको फेसबुकले जनाएको छ ।

अमेरिकी संघीय व्यापार आयोगले गर्ने छानबिनका क्रममा लाग्ने खर्च ५ बिलियन डलरसम्म पुग्न सक्ने उसको अनुमान रहेको छ ।

वर्षको पहिलो तीन महिनाको हिसाबकिताब चर्चा गर्दै सो कम्पनीले यो अवधीमा २६ प्रतिशतले आफ्नो सेल्स बढाएको जनाएको हो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्