लाइसेन्सको ठेक्का भारतीय कम्पनीलाई

2
लाेकपाटी न्यूज

काठमाडौं, १२ वैशाख। सरकारले यही साता थप १० लाख विद्युतीय सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स)को ठेक्का सम्झौता गर्ने भएको छ।

भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्ससँग स्मार्ट लाइसेन्स उपलब्ध गराउनेबारे सम्झौता हुन लागेको हो।विभागले १० लाख स्मार्ट लाइसेन्स र एउटा मास प्रिन्टरका लागि ३४ करोड रुपैयाँ लगत इस्टिमेट गर्दै अन्तर्रा्ष्ट्रिय ठेक्का आह्वान गरेको थियो।

सबैभन्दा कम रकम कबोल गर्ने मद्रासले ठेक्का पाएको छ। मद्रासले १९ करोड ७० लाखमा प्रस्ताव गरेको थियो ।
फ्रान्सको आइडिमिया (आइडिइएमआइए) कम्पनीले लगत इस्टिमेटको १ दशमलव शून्य ६ प्रतिशत बढी र फ्रान्सकै अर्को कम्पनी सेल्प (एसइएलपी)ले २९ दशमलव ३४ प्रतिशत बढीमा ठेक्का प्रस्ताव गरेको थियो।

ठेक्का प्रक्रियामा तीन कम्पनी मात्र सहभागी थिए। विभागका अनुसार सम्झौता भएको साढे २ महिना (७५ दिन)भित्र प्रिन्ट मेसिन र कार्ड उपलब्ध गराउने गरी सम्झौता हुँदैछ ।नयाँ पत्रिका दैनिकबाट ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्