महताेद्वारा सचिव पद अस्वीकार

Province2
लाेकपाटी न्यूज

काठमाडौं, ११ वैशाख। प्रदेश नं.-२ का प्रदेश कमिटी सदस्य विजय प्रसाद महतोले सचिवकाे जिम्मेवारी अस्वीकार गरेका छन् । उनले नेकपा केन्द्रीय कमिटी धुम्बाराहीले दिएको प्रदेश नं.-२ पर्सा जिल्लाको सचिवकाे जिम्मेवारी अस्वीकार गरेका हुन् ।

महतोले नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीलाई पत्र लेख्दै पर्सा जिल्लाको सचिव अस्वीकार गरेको बताए। उनले पर्सा जिल्लाको सचिव पदभार दिएकोमा पार्टीलाई धन्यवाद दिदैं आफुले पार्टीलाई सुसंगठित, व्यवस्थित गर्न र अनुशासित मर्यादित बनाउन नमिल्ने भन्दै सचिवभार अस्वीकार गरे।

‘नेकपा केन्द्रय कमिटी धुम्बाराही काठमाडौंको मिति २०७६ १ ८ गतेको निणर्य अनुसार मलाई प्रदेश नं.-२ पर्सा जिल्लाको सचिव पदभार दिएकोमा पार्टीलाई धन्यवाद दिन चाहन्छु। तसर्थ मैले पार्टीलाई सुसंगठित, व्यवस्थित गर्न र अनुशासित मर्यादित बनाउन नमिल्ने स्थिति सिर्जना भएको कारण निर्मित पर्सा जिल्ला सचिवको पदभार अस्विकार गरेको व्यहोरा अनुरोध गर्दछु’ पत्रमा भनिएको छ ।