सभामुख निवास अगाडि आगलागी

fire
लाेकपाटी न्यूज

काठमाडौं, ११ वैशाख । बुधबार बिहानै बालुवाटारस्थित सभामुख निवास अगाडि आगलागी भएको छ । बिहानै सभामुख निवास अगाडिको बिजुली पोलमा तार सर्ट भएर आगो लागेको हो ।

एक्कासी पोलमा आगो लागेपछि दमकल, स्थानीय र प्रहरीले आगो निभाएका छन् । आगो लागे पनि सभामुख कृष्ण बहादुर महरा निवासमा भने कुनै क्षति पुगेको छैन र अन्य कुनै ठूलो क्षती नपुगेको बताइएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्