मुम्बइ, ११ वैशाख । बलिउड अभिनेता अक्षयकुमारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका छन्। प्रधानमन्त्री मोदीसँगको भेटमा उनले मोदीको निजी जिवनकोबारेमा जान्न चाहेका छन्।
अक्षयकुमारसँगको साक्षात्कारमा उनले बाल्यकालका सबै कुरा बताएका छन्। अक्षयकुमारले प्रधानमन्त्री मोदीलाई प्रश्न गरेका छन्, ‘तपाईले कहिल्यै सोच्नुभएको थियो कि प्रधानमन्त्री बन्छु भनेर ? यसको जवाफमा मोदीले प्रधानमन्त्री बन्छु भनेर कहिल्यै नसोचेको बताए। उनले पहिल्यदेखि आफू सेनाबाट प्रभावित भएर सेना बन्न चाहेको बताए।
यस्तै मोदीले विपक्षी नेताहरुसँग पनि आफनो सम्बन्ध राम्रो रहेको बताए। यस्तै अक्षयकुमारले पनि आफनो जिवनमा कहिल्यै चलचित्रको अभिनेता बन्न नचाहेको बताए। उनले आफनो सफना मार्सल आर्ट शिक्षक बन्ने रहेको बताए।
अक्षयकुमारले प्रधानमन्त्री मोदीलाई सोधेको प्रश्न, एउटा सामान्य मानिसका रुपमा के खानुहुन्छ र कस्तो जिवन बिताउनुहुन्छ ? भन्ने प्रश्नको उत्तरमा उनले आफू सामान्य मानिस सरह नै खाने र आँप धेरै मनपर्ने बताएका छन्।
उनले बाल्यकालमा आफनो पारिवारिक स्थिती आँप किनेर खान सक्नेसम्म पनि नभएको स्मरण गराए। उनले भने, ‘हामी अर्काको खेतमा खसेको आँप खान्थ्यौं । ’ उनले आफूले धेरै सानो उमेरमा घर छोडेकोले कसैप्रतिको लगाब,माया,स्नेहबाट टाढा रहेंको बताए ।
उनले भने ‘म कडा स्वभावको र अनुशासित छु तर, कसैलाई सानो देखाउने काम गर्दिन्। म केही कुरा सिक्छु, केही सिकाउछु र टिम बनाएर अगाडी बढ्छु।’
लोकसभा चुनाव २०१९ मा भइरहेको सात चरणको मतदानमा तीन चरणको मतदान भइसकेको छ। उनले आफनो व्यस्त चुनावी कार्यक्रमबाट केही समय निकालेर बलिउड अभिनेता अक्षयकुमारसँग कुराकानी गरेका छन्।



लाेकपाटी न्यूज

