युवा–विद्यार्थीको अभियान : ‘एनसेलको सिम प्रयोग नगरौं’

Ncell Student
लाेकपाटी न्यूज

काठमाडौं। राज्यलाई कर नतिरेसम्म एनसेलको सिम प्रयोग नगर्न सचेत गराउँदै युवाहरुले जागरण अभियान थालेका छन्।

सत्तारुढ नेकपानिकट विद्यार्थी र युवा संगठनका नेताहरुले एनसेलको सिम प्रयोग नगर्ने अभियान चलाएका हुन्। राज्यलाई तिनुपर्ने करकै विरुद्ध एनसेल अदालत पुगेपछि युवाहरु आक्रोशित बनेका हुन्।

नेकपानिकट वाइसियल, युवा संघ नेपाल, अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी) का नेताहरुले एनसेलको सिम प्रयोग नगर्न अपील गर्दै अभियान नै चलाएका छन्। सामाजिक सञ्जालमा पनि एनसेलका विरुद्ध चर्को आक्रोश देखिएको छ।

सत्तारुढ दलका अतिरिक्त नयाँ शक्ति नेपाल, विवेकशील साझा लगायतका दलका युवा विद्यार्थीहरु पनि एनसेलको सिम प्रयोग नगर्न अनुरोध गर्दै लबिङ थालेका छन्। युवाहरुको अभियानले कर तिर्न एनसेललाई दवाव पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्