काठमाडौं। बुधबार बिहान गएको भूकम्पको केन्द्र धादिङको नौबिसे रहेको भूकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रका अनुसार सोमबार बिहान ६.२९ बजे ५.२ म्याग्नेच्युडको भूकम्प गएको हो।
काठमाडौं र आसपासका क्षेत्रमा शक्तिशाली भूकम्पको धक्का महशुस भएको छ। भूकम्पको धक्का महशुस भएपछि मानिसहरु घरबाट बाहिर निस्केका थिए।
२०७२ साल वैशाख १२ गते गएको शक्तिशाली भूकम्पको ठीक चार वर्षपछि भूकम्पको धक्का महशुस भएको हो। काठमाडौं, भक्तपुर, काभ्रे, रसुवा लगायतका स्थानमा पनि भूकम्पको धक्का महशुस गरिएको छ।



लाेकपाटी न्यूज
