काठमाडौं, १० वैशाख । सरकार र राप्रपाबीचको वार्ता सकिएको छ। आज २२ बुँदे माग राखेर आन्दोलनरत राष्ट्रिय प्रजातन्त्र पार्टी र सरकारबीचको वार्ता सकिएको छ ।
मंगलबार कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा भएको वार्तामा सरकारी वार्ता टोलीका संयोजक कानूनमन्त्री भानुभक्त ढकालले संघीय लोकतानित्रक गणतन्त्र अतिक्रमित हुने मागमा पुनर्विचार गर्न राप्रपालाई आग्रह गरेको बताएका छन् ।
त्यस्तै, राप्रपाका तर्फबाट वार्ता टोलीका संयोजक दीपक बोहराले सैद्धान्तिक विषयमा पुनः छलफल गर्ने सहमति गर्दै आजको वार्ता सकिएको बताए । सरकारसँगको वार्तापछि राप्रपाले आन्दोलनका कार्यक्रम स्थगित गरेको छ ।
वार्तामा सरकारका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल र राप्रपाका तर्फबाट वरिष्ठ नेता दीपक बोहरा र निरञ्जन थापा सहभागी भएका थिए ।



लाेकपाटी न्यूज

