बस्नेत हत्या प्रकरण : प्रदर्शनकारीमाथि प्रहरीको अश्रुग्यास

Rina hattiya
लाेकपाटी न्यूज

मोरङ, १० वैशाख। मोरङको पथरीमा स्थानीयले निकालेको प्रदर्शनका क्रममा झडप भएको छ। शनिबार नग्न अवस्थामा मृत भेटिएकी रिना बस्नेत हत्या प्रकरणको यर्थाथ छानबिनको माग गर्दै स्थानीयले निकालेको प्रदर्शनका क्रममा झडप भएको हो।

स्थानीयवासीले ढुंगामुढा प्रहार गर्दै नगरपालिकामा पनि तोडफोड गरेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। जिल्ला प्रहरी कार्यालय, मोरङका प्रमुख एसपी मनोजकुमार केसीका अनुसार प्रदर्शनकारी उग्र बनेपछि अश्रुग्यास प्रहार गरिएको हो। हाल स्थिति नियन्त्रणमा आइसकेको छ।

पथरी उद्योग बाणिज्य संघले रिना हत्याको विरोधमा मंगलबार बजार बन्द समेत गराएको छ। प्रहरीले भने घटनाको अनुसन्धानका क्रममा रिनाका प्रेमी भनिएका एक व्यक्तिलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ।

उनको घटनामा संलग्नता छ, छैन भन्नेबारे हालसम्म निक्र्यौल भइसकेको छैन। प्रारम्भिक अनुसन्धान रिनाको बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्