राप्रपा र सरकारबीच वार्ता सुरु

raprapa barta
लाेकपाटी न्यूज

काठमाडौं, १० वैशाख । सरकार र राप्रपाबीच औपचारिक वार्ता सुरु भएको छ । सरकार र राप्रपाबीचकाे वार्ता मंगलबार दिउँसो १ः१५ बजेदेखि सिंहदरबारस्थित कानून मन्त्रालयमा सुरु भएको हो ।

वार्ताका लागि राप्रपा पार्टीका तर्फबाट वरिष्ठ नेता दिपक बोहराको संयोजकत्वमा महामन्त्री राजेन्द्र लिङ्देन र नेता निरञ्जन थापा छन् । सरकारको तर्फबाट भने कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री भानुभक्त ढकाल लगायतको उपस्थिति रहेको प्रचार विभाग प्रमूख मोहन श्रेष्ठले जानकारी दिए ।

राप्रपाले नेपाल सरकार समक्ष पेश गरेको २२ बुँदे मागका सम्बन्धमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्