विप्लवकाे मुद्दा जनताकाे पक्षमा छैन : प्रचण्ड

prachanda
लाेकपाटी न्यूज

काठमाडौं, १० वैशाख। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दोश्रो संविधानसभामा तत्कालिन माओवादीको अपेक्षित परिणाम नआएकै कारण पहिचान सहितको संघियता, संघियता सहितको संविधान भन्ने नारा कार्यान्वयन गर्न नसकेको बताएका छन्।

पहिचान सहितको संघियता, संघियता सहितको संविधान भन्ने नाराका साथ निर्वाचनमा गएको तर पहिलो र दोश्रो संविधानसभाको निर्वाचनको परिणाममा निकै फरक परिणाम आएकाले नारालाई साकार पार्न आफु असफल भएको बताए। मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले भने, जातिय र भौगोलिक आधारमा ११ प्रदेशमा सहमति बनेको थियो, तर पहिलो संविधानसभा सफल हुन सकेन।

त्यस्तै संविधानसभाको दोश्रो निर्वाचन भयो, हाम्रो अपेक्षित परिणाम आउन सकेन। प्रचण्डले अहिले पनि पहिचान सहितको संघियता, संघियता सहितको संविधान भन्ने नारालाई आफुले नछोडेको बताए। उनले नेपालको राष्ट्रिय एकताका लागी सबैको पहिचान, अधिकार र आत्मसम्मानलाई समान ढंगले अघि बढाउने विश्वास व्यक्त गरे।

संविधानमा भएको पहिचान र अधिकारको बिषयको कार्यान्वयनका लागी सरकार, राजनीतिक नेतृत्व र जनतासंग छलफल गरेर अघि बढाउने भन्दै उनले भने, मैलै तपाँईहरुसंग कुनै कुटनीतिक कुरा गरेको छैन, अहिलेको अवस्था कम्परमाइजको अवस्था हो, मैले कुनै पनि कुरा जनतासंग लुकाएको छैन, शान्ति प्रक्रिया पनि कम्परमाइज नै हो।

सम्भव हुने राजनीतिक उपलव्धीलाई संस्थागत गर्ने र अगाडी जाने बाटो कोर्नका लागी ऐतिहासिक निर्णय लिएको उनको भनाई छ। योजना आयोगको उपाध्यक्ष बनाउदा पनि आफ्नो पालोमा आदिवासी जनजाती समूदायलाई प्राथमिकता दिएको तर त्यो प्रयाप्त नभएको बताए। उनले विप्लवहरुले जे भनिराखेका छन्, त्यो आदिवासीको पक्षमा नरहेको उल्लेख गर्दे अहिले अर्को विद्रोहको आवश्यकता नरहेको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्