कांग्रेसलाई कमजोर देख्नु सरकारको भ्रम हो : सभापति देउवा

Sher-Bahadur-Deuba
लाेकपाटी न्यूज

झापा, ९ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिपक्षी दललाई कमजोर देख्नु सरकारको भ्रम मात्र भएको बताएका छन्। उनले प्रतिपक्ष सधैं बलियो हुने भन्दै यस्तो बताएका हुन्।

सोमबार झापामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले प्रजातन्त्रमा प्रतिपक्ष कहिलै कमजोर नहुने बताउँदै सरकारले आफूहरुलाई कमजोर देख्नु अरु केही नभई भ्रम मात्र भएको प्रष्ट्याएका हुन्। उनले भनेका छन्, ‘प्रजातन्त्रमा प्रतिपक्ष सधैं बलियो हुन्छ, प्रतिपक्षलाई कमजोर देख्नु सरकारको भ्रम मात्रै हो।’

फरक प्रसङ्गमा उनले ललिता निवासको जग्गा अधिग्रहण भइसकेकोले व्यक्तिको नाममा राख्न नमिल्ने पनि बताए। यसैगरी, देउवाले विधानअनुसार कार्यसम्पादनलगायत विभागहरू छिट्टै गठन हुने पनि बताएका छन्।