काठमाडौं, ९ वैशाख। श्रीलंकाको कोलम्बोमा रहेको बस स्ट्याण्डमा सोमबार ८७ बम डेटोनेटर फेला पारिएको छ।जसलाई सुरक्षाकर्मीले निस्किृय पारेका छन्।
सुरक्षाकर्मीले मानिसहरु बढि भेला हुने स्थानहरुमा गरेको सर्च अभियानतमा सो बम फेला पारेका हुन्। घटनापछि देशभर कफूर्य जारी छ सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाईएको छ। बिस्फोटमा संलग्न रहेको आशंकामा प्रहरीले २४ जनालाई प्रक्राउ गरेको छ।
उक्त नरसंहारको यतिबेला विश्वभरबाट आलोचना र निन्दा भईरहेको छ। सरकारले उक्त हमलाको योजना बिदेशमा बनाईएको दाबी गरेको छ। यता रिपोर्टका अनुसार यस प्रकारको आक्रमणको पूर्व सुचना प्रहरीलाई थियो। प्रहरी संगठनले आफनो खुफिया एजेन्सीहरुको सूचनाको आधारमा सरकारलाई आतंककारी हमला हुन सक्ने भनेर सजगसमेत बनाइएको थियो।
प्रहरी संयन्त्रलाई श्रीलंकामा यस्तो हमला हुँदैछ भन्ने १० दिन अघि नै थाहा थियो। प्रहरीले सरकारलाई आतंकवादीहरुको प्रमुख निसाना श्रीलंकाका चर्चहरु रहेको भन्दै सर्तक पारेको बताईएको छ। प्रहरीको चेतावनीपछि सरकारले सुरक्षा व्यवस्था पनि बढाएको थियो तर उसले सोमबार भएका नरसंहारलाई रोक्न सकेन।
आतंकवादीहरुको निसाना श्रीलंकामा रहेका भारतीय उच्च अधिकारीहरुको समेत रहेको बताईएको छ। बिषेशगरी चरमपंथी संगठन नेशनल तोहिद जमात (एनटीजे) ले श्रीलंकामा रहेको चर्च र भारतीय अधिकारीहरुमाथि आक्रमण गर्ने योजना बनाईरहेको प्रहरीले सरकारलाई अवगत गराएको थियो। सोमबार भएको बिस्फोटको जिम्मा कुनै पनि संगठनले लिएको छैन।



लाेकपाटी न्यूज

