समाजवादको आधार तयार पार्न लागौं : जनार्दन शर्मा

Janardan Sharma
लाेकपाटी न्यूज

काठमाडौं, ९ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता जनार्दन शर्माले समाजवादको आधार तयार पार्ने कार्यनीतिलाई सफलतापूर्वक अगाडि बढाउन आग्रह गरेका छन् ।

उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जिल्ला नेतृत्वमा मनोनीत भएका ७७ वटै जिल्लाका अध्यक्ष तथा सचीवलाई बधाई दिँदै समाजवादको आधार तयार पार्न आग्रह गरेका हुन् ।

उनले भने, ‘समाजवादको आधार तयार पार्ने कार्यनीतिलाई सफलतापूर्वक अगाडि बढाउन सहि विचार, संङगठन र विधिसम्मत ढङ्गले जिल्लाको पार्टीलाई एकताबद्ध गर्दै आफ्नो नेतृत्वदायी भूमिका निर्वाह गर्ने सफलता मिलोस्।’

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ७७ जिल्लामा पार्टी नेतृत्वको टुंगो लगाएको हो