झापा, ९ वैशाख। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारका पछिल्ला गतिविधिले देश अधिनायकवादतर्फ धकेलिएको संकेत गरेको आरोप लगाएका छन्।
उनले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन खोज्नु र पत्रकारलाई पक्राउ गर्नु अधिनायकवादको पहिलो उदाहरण भएको बताए। सोमबार झापाको चन्द्रगढी विमानस्थलमा सन्चारकर्मीहरुसित कुरा गर्दै सभापति देउवाले सेना परिचालनको जिम्मा प्रधानमन्त्रीले लिने प्रयास गर्नु तथा बालुवाटारकोे जग्गा प्रकरणले सरकारको अधिनायकवादी चरित्र प्रस्ट पारेको बताए।
उनले नेकपाका महासचिव विष्णु पौडेलले किनेको भनिएको जग्गा सुवर्णशमशेरको रहेकाले सरकारले अधिग्रहण गरेको उक्त जग्गा यदि कसैले पाउने भए सुवर्णशमशेरका सन्तानले पाउनुपर्ने बताए। सभापति देउवाले कांग्रेस कमजोर नबनेको दाबी गरे।



लाेकपाटी न्यूज

