काठमाडौं, ९ वैशाख । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी कर्मचारीहरुलाई सर्वोत्कृष्ट काम गरे इज्जत र प्रतिष्ठा बढ्ने कुरा बताएका छन्। उनले नेपाल प्रहरीको बेरुजु फछ्र्याैटमा उत्कृष्ट कार्य गर्ने ९ जना प्रहरी कर्मचारीहरुलाई प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा पुरस्कार तथा प्रशंसापत्र वितरण गर्दै यस्तो बताएका हुन्।
महानिरीक्षक खनालबाट पुरस्कृत हुने प्रहरी कर्मचारीहरुमा प्रहरी नायव महानिरीक्षक कमल बहादुर जिटी, प्रहरी वरिष्ठ उपरीक्षक दिपक थापा, प्रहरी नायव उपरीक्षकद्वय टेकबहादुर कार्की तथा मदन कुमार थापा, प्रहरी निरीक्षकहरु मातृका प्रसाद गुरागार्इं, सुमन कुमार थापा, नवराज सापकोटा तथा दिनेश तिमिल्सिना र प्रहरी जवान फनाधर खनाल रहेका छन्।
कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले सर्वोत्कृष्ट काम गरेमा इज्जत र प्रतिष्ठा बढ्ने चर्चा गर्दै संगठनको कामलाई मर्यादित बनाउन आफ्नो ज्ञान, विवेक लगाई अझ बढी उर्जाका साथ काम गर्नुपर्ने बताए। उत्कृष्ट कामको उच्च कदर हुने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले आगामी दिनमा पनि त्रुटीरहित तरिकाले काम गर्नुपर्नेमा जोड दिए।
आर्थिक वर्ष २०७३÷०७४ सम्म नेपाल प्रहरीमा कायम कुल बेरुजुमध्ये समग्रमा ८५.१४ प्रतिशत बेरुजु फछर््यौट गरिएको र गृह मन्त्रालय अन्तर्गतका विभाग र कार्यालयहरुमध्ये बेरुजु फछर््यौटमा नेपाल प्रहरी सर्वोत्कृष्ट भएपछि नेपाल सरकार (माननीय मन्त्रीस्तर) को निर्णयअनुसार सर्वोत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत गरिएको हो ।
यसअघि वैशाख ५ गते गृह मन्त्रालयमा आयोजित समारोहमा गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई बेरुजु फछर््यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट भए अनुरुप नगद ८ हजार रुपैयाँसहित प्रशंसापत्र प्रदान गरेका थिए।



लाेकपाटी न्यूज
