समायोजनमा नजाने कर्मचारीलाई बर्खास्त गरिने

Karmachari
लाेकपाटी न्यूज

काठमाडौं, ९ वैशाख। कर्मचारी समायोजनमा नजाने कर्मचारीप्रति सरकार कठोर बन्ने भएको छ। अवकाश दिन सक्ने सम्मको कारबाही गर्ने तयारी भएको छ।

मन्त्रालय उच्च स्रोतका अनुसार समायोजनमा जान इन्कार गर्ने कर्मचारीको हकमा कर्मचारी समायोजन ऐन २०७५ को दफा १३ अनुसार अवकाश दिन सक्ने सम्मको कारबाही गर्ने तयारी भएको हो।

मन्त्रालयका एक उच्च कर्मचारी भन्छन्, ‘आफूलाई अन्याय भएको भन्दै गुनासो सुनुवाइ हुने स्थिती छ। बाँकी कर्मचारीप्रति सरकार कठोर बन्ने छ।

’त्यस्ता कर्मचारीलाई ऐनअनुसार २१ दिन भित्र हाजिर हुन नगए कारबाही गरिने तयारी भएको ती कर्मचारी बताउँछन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्