अगुवाले भोज नखाएपछि विवाहको दक्षिणा फिर्ता

pic
लाेकपाटी न्यूज

काठमाडौं, ९ वैशाख। जातीय छुवाछुतलाई फौजदारी अपराध मानेर मुद्दा चलाइने कारबाही चलाइने कानुनी प्रावधान भए पनि कानुनको उल्लंघन गर्दै समाजमा जातीय छुवाछुतका घटना दोहोरिरहेका छन्।

त्यसैको पछिल्लो उदाहरण बनेको छ रुपन्देही, शुद्धोदन गाउँपालिका ४ फर्सा्टिकरकी २२ वर्षीया आरती विकको विवाह समारोहमा उपस्थित कथित उपल्लो जाति भनिएकाहरुबाट प्रदर्शित व्यवहार। बैशाख ५ मा भएको सो विवाह समारोहमा सहभागी हुन आएका राजनीतिक दलका कार्यकर्ता तथा टोल विकास समितिका अगुवाहरु भोज नखाई फर्केका छन्।

विवाहमा बेहुला–बेहुलीलाई आशिर्वाद दिन आएका गैरदलित भनिने समुदायका छिमेकीहरु भोजमा सहभागी नभएपछि विक परिवारले उनीहरुबाट दक्षिणा फिर्ता गरेका थिए। नागरिक दैनिकमा विनोद परियारले समाचार लेखेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्