बीबीसी । श्रीलङ्कामा आठौं विस्फोट गराइएको छ । आठौं विस्फोट कोलम्बोको देमाटागोडामा विस्फोट गराइएको बीबीसीले जनाएको छ। आइतबार बिहान विभिन्न छ स्थानमा विस्फोट गराइएको थियो भने दिउँसो दुई विभिन्न स्थानमा विस्फोट गराइएको थियो ।
विस्फोटबाट ठूलो जनधनको क्षति भएको र विस्फोटका शृंखला नरोकिएपछि श्रीलंका सरकारले देशभर आपतकालीन कफ्र्यू घोषणा गरेको छ । त्यससँगै त्यहाँको सरकारले सामाजिक सञ्जालको म्यासेजिङ सर्भिसमा पनि प्रतिबन्ध लगाएको छ । यो सेवा कतिसम्म बन्द गर्ने भन्ने खुलाइएको छैन । बीबीसीले श्रीलंकाको विस्फोटको अपडेटका लागि यसअघिको सातौं विस्फोटमा दुई जनाको ज्यान गुमाएको जनाएको छ । कोलम्बोस्थित देहीवालामा रहेको चिडियाखाना पछाडिरहेको होटलमा उक्त विस्फोट गराइएको थियो ।
श्रीलंकाको विस्फोटमा अहिलेसम्म १८७ जनाको ज्यान गइसकेको पुष्टि भएको छ । आइतबार बिहान भएका छुट्टाछुट्टै विस्फोटमा एक सय ८५ जनाको मृत्यु भएको कोलम्बो नेशनल हस्पिटलले पुष्टि गरेको हो । विष्फोटमा परी चार सय ४०० जना भन्दा बढी घाइते भएका छन् ।
कोलम्बो अस्पतालका अनुसार आक्रमणमा परी मृत्यु भएका मध्ये नौ जना विदेशी नागरिक रहेका छन् । बीबीसीका अनुसार आइतबार बिहान मात्र तीन चर्च र कोलम्बोका तीन वटा फाइभ स्टार होटलहरुमा बम विष्फोट भएको हो । कोच्चादाईस्थित सेन्ट एन्थोनी, बट्टिकोला र नेगोम्बो चर्च र कोलम्बको सांग्री–ला स्टार, किंग्सबरी र सिनेमन ग्राण्ड होटलमा विष्फोट भएको बताइएको छ ।
श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले आक्रमणको अनुसन्धान भइरहेका बताएका छन् । उनले भ्रामक समाचारमा विश्वास नगर्न र शान्त रहन अपिल पनि गरेका छन् ।



लाेकपाटी न्यूज

