काठमाडौं, ८ बैशाख । मोरङ र ताप्लेजुङका विभिन्न स्थानमा भएका आगलागीबाट करिब ५१ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
मोरङको बेलबारी नगरपालिका –९ सिरपुरस्थित कृष्ण प्रसाद भट्टराईको काठको घर र ग्वालीमा आइतबार बिहान आगलागी हुँदा घर, घरभित्र रहेको अन्नपात, लत्ताकपडा लगायत अन्य जिन्सीका सामानहरु समेत जलेर करिब ५० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
ताप्लेजुङको फुङलिङ नगरपालिका–२ देलिङगे बस्ने मन कुमारी मादेनको फुसको छाना भएको घरमा आइतबार बिहान आगलागी हुँदा घरभित्र रहेका सम्पूर्ण सरसामान जलेर करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।



लाेकपाटी न्यूज
