श्रीलङ्का बम बिस्फोटप्रति प्रधानमन्त्रीले गरे दु:ख व्यक्त

kp sharma oli
लाेकपाटी न्यूज

काठमाडौं, ८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलङ्कामा भएको श्रृखलावद्ध बम बिस्फोटको घटनाप्रति दुःख व्यक्त गरेका छन्।

आइतबार श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई एक समवेदना सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले दुःख व्यक्त गरेका हुन्। उनले सन्देशमा भनेका छन्, ‘आइतबार बिहान श्रीलंकका विभिन्न सार्वजनिक स्थानहरुमा भएको श्रृंखलावद्ध बम आक्रमणमा परी कैयौं निर्दोषहरुले जीवन गुमाउनु परेको घटनाले मलाई अत्यन्त दुःखी बनाएको छ।’

प्रधानमन्त्री ओलीको सन्देशमा नेपाल सरकारले मानवता विरोधी जघन्य घटनाको भत्र्सना गरेको उल्लेख गरेका छन्। ‘यस्तो आपराधिक घटनामा संलग्न अपराधीहरुलाई सकेसम्म चाँडै कानुनको दायरामा ल्याइनेछ भन्ने कुरामा म विश्वस्त छु। नेपाल आतंकवादविरुद्धको आफ्नो सैद्धान्तिक अडानमै उभिएर कुनै पनि रंग र रुपको आतंकवादको कडा शब्दमा निन्दा गर्दछ’, सन्देशमा उल्लेख छ।

प्रधानमन्त्री ओलीले नेपाल सरकार र सम्पूर्ण नेपाली जनताको तर्फबाट घटनाका मृतकप्रति श्रद्धान्जलि व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्