वैशाख १० गते सरकार र कमल थापाबीच वार्ता

kamal-thapa-8
लाेकपाटी न्यूज

काठमाडौं, ८ वैशाख । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई सरकारले वार्तामा बोलाएको छ।

हिन्दू राष्ट्र, राजतन्त्र पुनस्र्थापना लगायतका माग लिएर संघर्ष गरिरहेको कमल थापा नेतृत्वको राप्रपालाई सरकारले वार्ताका लागि बोलाएको छ । १० बैशाखमा १ बजे सिँहदरवारमा वार्ता गरिने जानकारी गराउँदै सरकारले राप्रपालाई वार्ताका लागि आइतबार पत्राचार गरेको हो।

राप्रपाका सहमहामन्त्री राजाराम बर्तौलाका अनुसार, सरकारले वार्ता गर्ने जिम्मा आफूलाई दिएको बताउँदै कानूनमन्त्री भानुभक्त ढकालले राप्रपालाई पत्राचार गरेका हुन्।

‘१० वैशाखका दिन १ बजे सिँहदरवारमा वार्ताका लागि बोलाइएको छ’ बर्तौलाले भने, ‘वार्ताको जिम्मा कानूनमन्त्री भानुभक्त ढकाललाई दिइएको रहेछ।’ सरकारले गरेको वार्ताको प्रस्तावलाई पार्टीले सकरात्मक रुपमा लिएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।

‘पार्टीले यसलाई सकरात्मक रुपमा लिएको छ’ प्रमुख श्रेष्ठले भने, ‘छिट्टै वार्ता टोली गठन हुन्छ र सरकारले बोलाएको समयमा वार्ता हुन्छ।’