वैशाख ९ गते ओपो एफ ११ प्रो सार्वजनिक हुँदै, यस्ता छन् विशेषता

oppo 11
लाेकपाटी न्यूज

काठमाडौं, ८ वैशाख । ओपोले नेपालमा बैशाख ९ गते एफ ११ प्रो सार्वजनिक गर्ने घोषणा गरेको छ । एफ सिरिज अन्तर्गत सार्वजनिक हुने नयाँ एफ ११ प्रोमा भोक ३.० सुपर फास्ट चार्जिङका साथ दुई स्लिक, ग्राडियण्ट रंग र पृथक रियर डिजाइनसहित सार्वजनिक हुने कम्पनीले जनाएको छ ।

एफ ९ अन्तर्गतका उत्कृष्ट फिचर्स तथा डिजाइनका साथै फोनमा विभिन्न नवप्रवर्तनात्मक प्रविधि तथा ४८ एमपी अल्ट्रा क्लियर क्यामेरा प्रणाली, राइजिङ क्यामेरा, पानोरामिक स्क्रिनलगायत पनि उपलब्ध हुने छन् । यी विशेषतामार्फत कम्पनीले आफ्ना उपभोक्तालाई आरामदायी तथा उत्कृष्ट प्रयोग अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ ।

एफ ११ प्रो सार्वजनिक कार्यक्रममा नेपाली चलचित्र जगतकी उदयीमान अभिनेत्री स्वस्तिमा खड्काको पनि उपस्थिती रहने कम्पनीले जानकारी दिएको छ । ४ हजार एमएएच ब्याट्री सहितको फोनमा कम्पनीद्वारा स्व–विकसित भोक ३.० फास्ट चार्जिङ प्रविधि पनि उपलब्ध गराएको छ ।

एफ ११ प्रोमा उपलब्ध भोक ३.०ले फोनको चार्जिङका लागि घण्टौं कुर्नु पर्ने झञ्झटबाट उपभोक्तालाई छुटकारा दिनेछ । यो प्रविधिको सहायताले मात्र केही क्षणको चार्जिङबाटै केही घण्टाका लागि पर्याप्त टकटाइम प्राप्त गर्न सकिन्छ ।

भोल्टेज ओपन लुप मल्टि–स्टेप कन्स्ट्यान्ट–करेन्ट ९भोक०लाई पहिलो पटक कम्पनीले सन् २०१८ मा सार्वजनिक गरेको थियो । यो चार्जिङ समाधानले तिव्र गतिको चार्जिङ मात्र नभइउ पभोक्तालाई फोन तात्ने लगायत समस्याबाट समेत सुरक्षा प्रदान गरेको छ ।

ओपो एफ ११ प्रोका साथमा सार्वजनिक हुने भोक ३.०ले बजारमा उपलब्ध समान ४ हजार एमएएच ब्याट्री क्षमता सहितका फोनको तुलनामा तिव्र चार्जिङ समाधान प्रदान गर्ने कम्पनीको दाबी छ । ओापोको नयाँ भोक ३.० चार्जिङ प्रविधिले ट्रिकल चार्जिङ गतिमा भोल्टेज न्यूनिकरण मार्फत सुधार प्रदानगर्दै चार्जिङको लागि लाग्ने समयमा २० प्रतिशतसम्मले न्यूनीकरण ल्याउँछ ।

यी फिचर्स विशेष गरी स्मार्टफोनको अत्यधिक प्रयोग गर्ने मोबाइल गेमर्सका लागि उपयोगी छ । अहिलेका लोकप्रिय गेमहरुका लागि तुलनात्मक रुपमा अधिक उर्जाको आवश्यकता पर्छ जसले गर्दा फोनको ब्याट्री खपत तिव्र गतिमा हुन्छ ।

फोनको डिजाइनमा कम्पनीले ‘नेचुरल क्रिएसन’मा आधारित डिजाइन सिद्धान्तको अवलम्बन गरेको छ । यसमाआधारित रहेर नयाँफोन, ठण्डर ब्ल्याक र अउरोरा ग्रिन गरी दूई आकर्षक ग्राडियण्ट रंगमा उपलब्ध गराउने ओपोले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्